पर्वतको कुश्मा नगरपालिकाको खरेहा भिरमा आगालागी

पर्वत ,३० फागुन
पर्वतको कुश्मा नगरपालिका वार्ड न ७ मा पर्ने खरेहा भिरमा आगालागी भएको छ । भिरमा लागेको आगोबाट सामान्य घासँपातमा नोक्सान गरेको भएपनि मानविय क्षति भने नभएको स्थानिय शंकर गिरीले जानाकारी दिए ।

दिउसो करिव २ बजे तिर लागेको आगो निभाउन दमकलको साथमा शसस्त्र, नेपाल प्रहरी र स्थानीयहरु लागिपरेका वार्ड नं. ६का वार्ड अध्यक्ष रुद्र गिरीले जानाकारी गराए ।

अध्यक्षले यो समयमा हावाहुरी , आगालागीको सम्भावना बढी हुने भएकाले स्थानीयलाई सजक रहन आग्रह गरेको समेत सचेत न्युजलाई बताएका छन् । आगो खरेहा बाट सर्दै सर्दै कुश्मा तिर आएको स्थानियको भनाई छ । आगोले ठुलो क्षती पुर्याउन सक्ने ठाउँमा निभाइएको हुनाले अहिले भने आगो बजार क्षेत्रमा आउन सक्ने सम्भावना न्युन रहेको अध्यक्ष गिरीको भनाई छ ।आगोको मुस्लो बाट निस्किएको धुवाँले कटुवाचौपारी र कुश्मा बजार क्षेत्रमा वायुमण्डल प्रदुषित बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज