डिभिजन वन कार्यालय पर्वतमै मर्यो मृग

पर्वत ,१ चैत
डिभिजन वन कार्यालय पर्वतको कार्यालय परिसरमा नै एक वयस्क पोथी मृग मरेको छ । घाइते अवस्थामा मोदि गाउँपालीका वार्ड नं.५ बाजुङको मोदी खोला किनारमा खोलाले बगाई ल्याएको मृगलाई उद्धार गरी कार्यालयमा उपचारका लागि ल्याइएको भएपनि उपचारकै क्रममा २दिन पछि मृग मरेको डिभिजन वन कार्यालय पर्वतका अधिकृत मेघराज पौडेलले जानाकारी दिनुभयो ।
मृग फागुन २८ गते स्थानीयले भेटे पछि डिभिजन वन कार्यालयलाई खवर गरेका थिए । उद्धार तथा संरक्षणका लागि सव डिभिजन कार्यालय मोदी तथा डिभिजन बन कार्यालय पर्वतका कर्मचारीहरु मार्फत डिभिजन वन कार्यलय पर्वतमा ल्याएर मृगलाई राखिएको थियो । बाहिरी चोट नदेखिएको भए पनि रतुवा मृगलाई भेटेनरी अस्पताल पर्वतका पशु डाक्टर रामकृष्ण सुवेदीले शारीरीक परिक्षण गर्दा पछाडीको खुट्टा तथा ढाँड भाचिएको जानाकारी दिनुभयो ।
प्राथमिक उपचार पश्चात थप उपचारको लागी पचभैया प्राणी उद्यान पोखरामा खवर गरिएको थियो , तर उक्त प्राणी उद्यानमा ढाड भाचिँएको उपचार नहुने खवर प्राप्त भएपछि सामान्य उपचारमा नै पर्वत डिभिजन बन कार्यालयमा नै राखेर उपचार गराइरहँदा मंगलबार मृगको मृत्यु भएको अधिकृत पौडेलले जानाकारी दिनुभयो । मृत मृगलाई स्थानिय बासिन्दा , जनप्रतिनिधि ,प्रहरी एवम् वन कर्मचारीको रोहवरमा अन्तेष्टि गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज