संगिता लामिछाने/नाङ्गलीवान
आफनो प्रचारप्रसार लाई तिब्र रुपमा अगाडी बढाएको जलजला गाउँपालीकाले मगंलबार नाङ्गलीवानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश कमिटी सदस्य नर बहादुर कार्किको उपस्थीतीमा उम्मेरदवार र नेता कार्यकर्ताहरु सगैँ कार्यक्रम सम्पन्न भएको हो ।
घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नाङ्गलीवान बासीलाई खाने पानिको कुनै समस्या नहोस भनेर एक घर एक धारा समेत जडान गरिने पनि कार्किले बताउनु भएको छ । एमालेको सरकार हुदाँ जलजलामा बिभिन्न बिकासका पुर्वाधारहरु भित्राएको अवगत गराउदै कार्किले अव नाङ्गलीवान बासिलाई पानिको ब्यवस्था गरिने बताउनुभएको छ ।
जनताले भोट दिएर जिताएमा जलजलाका मुख्य कच्चि सडक कालोपत्र गरिने जलजलाका अध्यक्ष पदका उम्मेदवार लाल बहादुर अधिकारीले उद्द्योष गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो पाँच बर्षमा जलजलामा देखिने बिकास खै के भयो न यहाँ कुनै ठुला बिकासका योजना आए न जनताले खाने पानी नै पाए ।काग्रेसले बिकासको कुनै रणनीति बनाउन नसकेको ले अब आफुलाई जलजला बासिले भोट दिएर बिजयी गराए सगै आफ्नो पाँच बर्षे कार्यकालमा बिद्यमान समस्याको समाधान गरिने अधिकारीले बताउनुभयो । उहाँले सम्पुर्ण टोलमा गोरेटो बाटो र शिक्षा स्वास्थ्यमा समेत आफुले बिभिन्न योजना ल्याउने बताउनुभयो ।’ साथै पालिकाको पहँच बाट नाइलिबाङ र बनौलार्ई समेटेर हेल्प डेक्स समेत स्थापना गरिने उहाँको भनाई छ । नेकपा एमालेलाई बिजयी गराउन नाङ्गलीवानमा जनता निकै उत्साहीत र लालाहित भएका जलजलाका प्रचार बिभाग प्रमुख भिमसेन बराइलिले जानाकारी दिनुभयो ।