बिकास र समृद्धिले गाउँ सुन्दर बनाउन , आउदैछन् राउत गरिबि र भष्ट्रचारलाई हटाउन

पाल्पा /२०–

गाउँ नगर समृद्धिको आधार स्थानीय तहमा एमालेको सरकारको सरकार भन्ने नारा सहित अगाडी बढेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले साच्चिकै हरेक क्षेत्रमा ,हरेक मानिसका मनमनमा बिकासको अनुभुत गराउनमा तल्लिन रहेको छ ।
पछिल्लो समयमा भैरहेका बेथिति ,बिसङ्गती लाई हटाउन र आफ्नो टोल समाज र वार्ड आफै बनाउन पर्छ भन्ने संकल्पका साथ २०३९ सालमा राजनीतिमा होमिएका त्यागी र निष्ठावान ब्यक्ति हुन यम बहादुर राउत । २०१८ सालमा पिता जगबिर राउत र माता हिम कुमारी राउतको कान्छो सन्तानको रुपमा साविकको सोमादी गाबिस वार्ड नं. ९मा जन्मिएका राउतलाई कुनै लोप लालच छैन् न त छ कुनै कराको घमण्ड नै । उनलाई यती छ कसरी हुन्छ गाउँघरलाई हरेक कुरामा सम्पन्न बनाउने सपना । यही सपनालाई साकार पार्न ४ दशकको राजनीतिक यात्रा पार गरी सकेका छन् ।
निकै सरल स्वाभावका राउत अपाङ्ग ,असाय र बिपन्न परिवारका नागरीकलाई काधमा बोकेर हिडिरहेका छन् । उनी भन्छन्, ‘गाउँ समाज र देश समृद्ध हुन पहिला यस्ता ब्यक्तिको जिवन स्तर सुधार्न सक्नुपर्छ अनी मात्र हामिले र हाम्रो पार्टीले देखेको सुखि नेपाली र समृद्ध नेपालको सपना पुरा हुनेछ । हुन पनि हो हाम्रो पार्टी र म आफै पनि यो सपना पुरा गर्न ४० बर्ष देखि एमालेमा लागेको छु ।’ जनताका हरेक सुखदुखमा आफुलाई समाहित गराउन पाउदाँ निकै हर्सिद भएको बताउछन् राउत ।
पार्टीको सङ्गठन निर्माण र सोमादी र यहाँको सेरोफेरोमा बिकासका लागि उल्लेखनीय योगदान पुर्‍र्याएका राउतले २०४६ सालको पंचायत विरोधी आन्दोलन होस् वा २०६१–६२ को जनआन्दोलन सबै खाले परिवर्तनका आन्दोलनमा आफ्नो महत्वपुर्ण भुमीका निर्वाह गरेका छन् ।
२०५४ सालको स्थानिय निर्वाचनमा सोमादी गाविसको उपाध्यक्ष पदमा निर्वाचित भएका राउत नेकपा एमालेको पार्टी संगठनमा रहेर वडा तहको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । राउत हाल रैनादेवी वार्ड नं.२ छहरामा नेकपा एमालेको वार्ड कमिटी अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।
उनी २०७४ सालको निवार्चनमा पाल्पाको रैनादेवी छहरा गाउँपालीका २ को वडा सदस्य पदमा लोकप्रिय मतका साथ विजय हुनु भएको थियो ।
गरिवि र निमुखा जनताका आवश्यकता परिपुर्ति गरेर रमाउन सक्ने शान्त स्वभावका राउत आउदै गरेको स्थानिय निर्वाचनमा नेकपा एमालेको तर्फवाट रैनादेवी छहरा गाउँपालिकाको २ का लागी वडा अध्यक्ष पदको उम्मेद्वार बनेका छन् । आज सम्म समाजमा रहेका र मानिसलाई परेका समस्यामा साथ दिएका हुनाले बैशाख ३० गते हुन गैरहेको निवार्चनमा पनी यहाँका जनताले आफुलाई बिजयी गराउनेमा ढुक्क छन् राउत ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज