महिलाहरु लाई जागरुक बनाउन मेरो उम्मेदवारी हो ः सुनिता जीसी

पर्वत/२१ ,शालिजा

महिलाहरु लाई जागरुक बनाउन आफ्नो उम्मेदवारी दिएको जलजला गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार सुनिता जिसिले बताउनुभएको छ । उहाँले एक्काइसौँ शताब्दीमा पनि महिलाहरु खुलेर घर परिवार बाट बाहिर निस्किएर सामाजिक कार्यमा लाग्न नसकेको हुनाले पछि परेका र दबाइएका महिलाहरुको आवाज बन्नका लागी राजनीतीमा होमिएको बताउनुभयो । नेकपा एमाले जलजला गाउपालिकाको घरदैलो अभियान अन्तरर्गत वार्ड नं. ६ सालिजामा भएको कोणसभा लाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । अरु पार्टीमा अहिले गठबन्धनको नाउँमा महिलालाई कुनै स्थान दिन सकेको छैनन तर एमालेले भने महिलाहरुको समस्या समाधान गर्नका लागी आफुलाई टिकट दिएर एउटा मार्ग खुलाइदिएको जीसीको भनाई छ ।
उम्मेदवार जीसीले महिला र आम बिपन्न बर्गका हकहितका लागि निरन्तर लडेको र अब पनि आफू गाउपालिकामा निर्वाचित भए सगै अझ सशक्त रुपमा आफ्नो जीवन अशाय,अशक्त र महिलाहरुका निम्ति नै समर्पित गर्ने उहाँले बताउनुभयो ।
जलजला गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार लाल बहादुर अधिकारीले प्रचारप्रसार कार्यक्रमको कोण सभालाई सम्बोधन गर्दै जलजलाबासी अहिले एमालेमय भएको बताउनुभयो । बिगतमा मतदाताले सहि निणर्य गर्न नसकेका कारण यो गाउपालिकामा हुनुपर्ने बिकास नभएको र आउदै गरेको चुनावमा आफुलाई बिजयी गराएर जलजलाको बिकास गर्ने साचो आफुलाई सुम्पन्ने मा कुनै दुइमत नरहेको अधिकारीले बताउनुभयो ।

जलजलामा अहिले एमालेमा लाग्नेहरुको लर्को रहेको जलजलाका एमालेका नेता बाबुराम कार्कीको भनाई छ । कार्कीले गरिव र बिपन्न बर्गको पार्टी नेकपा एमाले भएको र यसमा आवद्ध हुन निकै उत्साहित भएर एमालेमा जलजलाबासी लागेको बताउनुभयो ।
एमालेले देशै भर प्रचारप्रसार लाई तीब्र रुपमा अगाडि बढाएको छ । बैशाख ३० गतेलाई लक्षित गरेर पर्वतका विभिन्न ठाउमा उम्मेदवारहरु नेता कार्यकर्ताको उपस्थितिमा मतदातालाई भेट्न घरघरमा पुगेका छन् । जलजलामा प्रत्येक वार्डमा भएको एमालेको प्रचार अभियानमा जनताको गुनासो र समस्यालाई बुझ्न घरदैलो अभियान लिएर जादाँ निकै उत्साहित भएर कार्यकर्ताहरु यो अभियानमा सरिक भएका जलजलाका प्रचार बिभाग प्रमुख भिमसेन बराइलिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज