पर्वत /२४,जलजला
नेकपा एमालेको तर्फ बाट पर्वतको जलजला गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका लालबहादुर अधिकारीले जलजलाका अधिकाशं वडामा र पालिकामा पनि एमालेको जित सुनिश्चित जस्तै भएको बताए । अधिकारीले चुनावी सभा तथा घरदैलो कार्यक्रमका अवसरमा आज वार्ड नं. ७ मा भएको कार्यक्रममा एमालेको जित भएको तर निर्वाचनमा भाग लिएर जनताको मत लिनु पर्ने भएकाले ३० गते पछि त्यसको परिणाम थाहा हुने बताए ।
जलजलाका बिभिन्न ठाउँमा भएको घरदैलो कार्यक्रममा मतदाताहरुलाई भेटघाट गर्दै उपाध्यक्ष पदका उम्मेदवार सुनिता जिसिले महिलालाई शसक्तिकरण र ब्यक्तित्व बिकासका कार्यक्रमहरु ल्याउने र सक्षम र सवल गाउँपालिका बनाउने संकल्प गरेको बताइन । साथै बिभिन्न उद्योगहरुको स्थापना गरेर युवाहरुलाई रोजगारी प्रदान गर्ने भनाई जिसिको थियो । आज लस्ती,फोक्सिङ,ताङमाङ,ठोटनेर,धारापानी,सल्यान र धाइरिङमा भएका कार्यक्रमा जनताको उत्साहजनक सहभागिता थियो ।
जलजलाका बिभिन्न वार्डमा उम्मेदवार र नेता कार्यकर्ताहरुले घरघरमा गएर एमालेलाई मतादान गरेर उम्मेदवार लाई बिजयी गराउन अपिल गरेका छन् ।