महिला उम्मेदवार माथी गठबन्धनका कार्यकर्ताले गरे दुव्र्यवहार

पैँयु२८- पर्वतको पैंयु गाउँपालिकामा नेकपा(एमाले)बाट उपाध्यक्षकी उमेदवार यामकुमारी रानालाई गठबन्धनका कार्यकर्ताले दुब्र्यबहार गरेका छन ।
उपाध्यक्ष रानाले आफुँ माथि गठबन्धनका कार्यकर्ताले मंगलबार दुब्र्यबहार गरेको भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालय पर्वतमा उजुरी दिएकी हुन ।
उपाध्यक्ष रानाले मंगलबार राती ९ बजे उपचारपछि घर फर्केका आफ्ना कान्छा ससुरा लिलबहादुर रानालाई भेट्न जाने क्रममा गठबन्धनका कार्यकर्ताले दुब्र्यबहार गरि आफुँ संग भएका प्रचार सामाग्री र कागजपत्र समेत नियन्त्रणमा लिएको उजुरीमा उल्लेख गरेकी छन ।
उपाध्यक्षकी उमेदवार राना पैयुँ गाउँपालिका ३ बैथोक जाँदैथिइन । सोही क्रममा धरमपानी भन्ने ठाउँमा नेपाली कांग्रेसका वडा कमिटी सभापति रेशम रिजाल, माओबादी केन्द्र वडा कमिटी अध्यक्ष ओपी सेन, माओबादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उमेदवार दिलीप सेन लगायत २५ जना भन्दा बढीको समुहले बाटो छेकेर हातपात गरेको आरोप लगाएकी छन ।
नेकपा(एमाले) पर्वतले घटनाको निन्दा गरेको छ । एमाले पर्वतका अध्यक्षका राजुप्रसाद पौडेलले मौन अवधी शुरु नहुँदै बिरामी आफन्त भेट्न पुगेको बेला गठबन्धनका कार्यकर्ताले दुब्र्यबहार र हातपात गरेर आफ्नो असली चरित्र प्रर्दशन गरेको बताउनुभयो । उहाँले निर्वाचनमा मौन अवधी शुरु हुनुपुर्व मत माग्न पाउने उमेदवारको न्युनतम मानवअधिकारको समेत उल्लंघन गरेका छन भन्नुभयो ।
पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले घटनाका बारेमा इलाका प्रहरी कार्यालय हुवासले अनुसन्धान गरिरहेको बताउँदै जिल्लाभर सुरक्षा ब्यबस्थामा कुनै कमि नरहेको र मतदाता तथा उमेदवारको सुरक्षाका बारेमा चिन्ता नगर्न आग्रह पनि गर्नुभयो ।newsdabali

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज