काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकलाई माओवादी झन् खराब हो कि भन्ने पर्न थालेको बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बुधबार प्रचण्डले अहिले अरु दल र माओवादीबीचको फरक भेटिएको बताए ।
दाहालले भने -हाम्रो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ,हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमश मेटिएको हो कि ? कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको दाहालले बताए ।
विगतमा सशस्त्र युद्धका क्रममा जनताको काममा सहयोग गर्ने गरे पनि अहिले त्यो कम हुँदै गरेको दाहालको भनाई छ ।
अन्लाइनखबर