लेसपार
पर्वतको मोदी गाउँपालिका ४ लेसपार पुगेर ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले ७२ औँ अन्नपूर्ण हिमाल आरोहण दिवस मनाएको छ । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोगले अन्नपूणर् हिमालको सफल आरोहण गरेको सम्झनामा अन्नपुणर् हिमाल आरोहण दिवस मनाउँदै आइएको टानले जनाएको छ ।
जुन ३ अर्थात जेष्ठ २० गते समुन्द्री सतह देखि करिव २३२० मिटरको उचाईमा रहेको लेसपारमा एक औपचारीक कार्यक्रमका बिच यो दिवस मनाइएको हो । कुश्मा नगरपालिका ३ दुर्लुङ् देखि मोदी गाउँपालिका ४ लेसपार सम्म करिव ४ घण्टाको पदयात्रा गरि दिबस मनाइएको टान पश्चिमाञ्चल क्षेत्रिय संघका अध्यक्ष शुशील पौडेलले जानाकारी दिए ।
अन्नपूर्ण प्रथम हिमाल आरोहणको विशिष्ट महत्व रहेको टानले जनाएको छ । यो ‘अन्नपूर्ण आरोहण दिवस ’मनाउँदै गर्दा नेपाललाई विश्वमाझ चिनाउन यसले टेवा पुर्याउने अध्यक्ष पौडेलको भनाई छ । यही कारण हिमाल आरोहणको क्षेत्रमा यसलाई जेठो हिमालका रूपमा लिने गरिएको उनको बुझाई छ । जुन ३ मा अन्नपूणर् हिमालको प्रथम सफल आरोहण भएको उपलक्ष्यमा प्रत्येक वर्ष यसै दिन अन्नपूणर् आरोहण दिवस (अन्नपूर्ण डे) मनाउने गरिएको अध्यक्ष पौडेलले जानाकारी दिए ।
पर्यटन पर्वद्धन र पदयात्रालाई विशेष जोड दिने उद्धेश्य अनुरुप लेसपारमा आयोजना गरिएको आरोहण दिवस कार्यक्रममा बोल्दै प्रमुख अतिथी मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले मोदी गाउँपालिकालाई घान्द्रुकका रुपमा चिनाउन गाउँपालिकाले प्रयास गर्ने बताईन । अध्यक्ष शर्माले भनिन्, ‘आफ्नोे कार्यकालमा गाउँपालिकाले पर्यटन प्रवद्धन गर्न आफ्ना निती तथा कार्यक्रममा समावेश गर्दै लेस्पार सहितका वडाहरुलाई पर्यटन हवका रुपमा चिनाउन टान सहित पर्यटन संम्बद्ध सबै सघं सस्थाहरु सँगको सहकार्यका हातेमालो गर्दै जाने प्रतिवद्धता समेत ब्यक्त गर्न चाहन्छु ।’
मोदी गाउँपालिकाले ५० लाख रुपैँयामा होमस्टे लगायतका पर्यटनमुखी कार्यक्रम गरेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रसासकीय अधिकृत किसान बहादुर क्षेत्रीले मोदी गाउँपालिका पर्यटक भ्रमण गर्नका लागि निकै राम्रो गाउँपालीका रहेको बताए । उनले पछिल्लो समय मानिसहरु सुबिधाको भोगि हुनाले ग्रामिण पदयात्रा पछाडी परेको बताउदै चिन्ता ब्यक्त गरे । जिल्लाकै उच्च पर्यटकीय क्षेत्रको अगुवा गर्ने पालिका रहेको भन्दै यसलाई पुन अगाडी ल्याउन ग्रामिण क्षेत्रका बासिन्दाको साथ सर्मथन र सम्बद्ध सघंसस्थाहरुले प्रचारप्रसार गर्नु पर्ने भनाई क्षेत्रिले राखे । स्थानीय पर्यटन व्यवसायी तथा समाजसेवि युवा टिका पुनले कार्यक्रममा मोदी गाउँपालिकाको वृतचित्र सार्वजनिक गरेका थिए । कार्यक्रममा लेस्पार सामुदायीक होम स्टेका तर्फबाट बिभिन्न खालका संस्कृती झल्कने प्रस्तुतिहरु देखाईएको थियो । कार्यक्रमा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका कर्मचारी को समेत सहभागिता रहेको थियो ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशील पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत संस्थाका द्धिप्तिय उपाध्यक्ष कृष्ण आचायले गरेका थिए भने संचालन सोही संस्थाका कार्यक्रम संयोजक रेशम अधिकारीले गरेका थिए ।