काठमाडौं ।
सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले ५जना मन्त्रीको नाम हेरफेर गरेको छ ।
पार्टीको सचिवालय बैठकले अहिले संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूलाई पठाउने निणर्य गरेको हो ।
एक पदाधिकारीका अनुसार अध्यक्ष माधवकुमार नेपालले मन्त्रीका लागि ५ जनाको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने नयाँ अनुहारमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीराचन्द्र केसी छन् । अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई सोही मन्त्रालयमा फुलमन्त्री दिन लागिएको छ । केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिन लागिएको छ । पर्यटनमा श्रेष्ठ, शहरी विकासमा मेटमणी र श्रममन्त्री कुँवर बन्ने भएका छन् । यसरी नेकपा एकिकृत समाजबादी बाट मन्त्रीहरु आलोपालो गरिएको छ ।