आज बुधवार पनि शेयर बजारमा गिरावट

काठमाण्डौ –

शेयर बजारको ओरालो यात्रा आज बुधवार पनि रोकिएको छैन ।आज सबै समूहको शेयर ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८९ अङ्कले घटेर एक हजार नौ सय ६६ दशमलव ३७ विन्दुमा झरेको छ ।

बजार राताम्मे हुने क्रम नरोकिएपछि बिक्री गर्नेहरू बढ्दा कारोबार रकम भने केही बढेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज बलेफी हाइड्रो र लाइफ इन्सोरेन्स कर्पोरेशनको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । केही समय यता शेयर बजार ओरालो यात्रामा लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज