जापान
कोरोनाको माहामारी सामना गरे पश्चात जापान पुगेका अधिकाशं बिद्यार्थीहरु काम नपाउँदा तनावमा परेका छन् । नेपालका धेरै जिल्लाबाट जापानका बिभिन्न सहरमा पढ्न पुगेका बिद्यार्थीहरु काम नपाउदाँ समस्यामा परेका छन् । एक महिना अगाडी पर्वतको दुर्लुङका बिश्वास शर्मा ( नाम परिवर्तन) जापानको ओसाका पुगेका थिए । ऋण खोेजेर जापान पुगेका शर्मा अहिले भने जस्तो काम नपाउदाँ जापान रहर मात्रैको देश भएको बताएका छन् । शर्मा भन्छन्, जापानमा अहिले धेरै बिद्यार्थी आएको हुनाले काम पाउन मुस्किल भयो , ‘यहाँ आउँदा लागेको पैसा कसरी तिर्ने हो भन्ने पिरले सताएको छ ।’
कोरोनाका महामारीका कारण रोकिएका नेपाली विद्यार्थी २ वर्षपछि धमाधम जापान पुगिरहेका छन् । तर लामो प्रतीक्षापछि जापान पुगेका विद्यार्थीहरु सुरुमै निराश हुनुपर्ने अवस्था आएको छ । जापान पुगेका शर्मा जस्तै एक विद्यार्थी हुन् सिन्धुलीका (जगत थापा) नाम परिवर्तन । जापान पस्दाको खुसी अब विस्तारै निराशातिर परिणत हुन थालेको छ ।
कुनै बेला उनलाई जापान सपनाको देश लाग्थ्यो । चाँडै जापान पुगेर सोचे जस्तै पैसा कमाउने हुटहुटी उनमा थियो । तर अहिलेको परिस्थितिले जटिल बनाइदिएको उनी बताउँछन् । कोरोनाको समयमा जापान पुग्न पाए सबै ठिक हुन्छ होला भन्ने लाग्थ्यो’, उनी भन्छन्, ’तर सोचेको भन्दा भिन्नै रहेछ यहाँको अवस्था ।’
उनी जापान पसेको २ महिना बितिसकेको छ तर अहिलेसम्म समेत काम पाएका छैनन् । अक्टोबर इन्टेकमा जापानको एक कलेजमा अध्ययनका लागि आवेदन गरेका उनले २१ डिसेम्बर २०२० मा ९ लाख ७२ हजार रुपैयाँ कलेजको खातामा जम्मा गरे । भाषा पढ्न, कलेज शुल्क र होस्टेलको भाडा जम्मा गर्न लिएको ऋण सम्झिँदा उनको मन भारी हुन्छ ।
आउनुअघि पुतलीसडकस्थित एक कन्सल्टेन्सीले पार्ट टाइम जब कलेजले नै खोजिदिन्छ भनेको थियो’, उनले भने, ’तर यहाँ आएपछि न त कलेजले काम खोजिदियो न त केही सहयोग नै गर्यो।’
यता उनी कमाउन सकिरहेका छैनन् भने नेपालमा उनका बुवा मासिक ३६ हजार ब्याज तिरिरहेका छन् । ‘सबै पैसा ऋण लिएका छौँ’, उनले भने, ’प्रोसेसदेखि अहिले यहाँ आउँदासम्म झण्डै १६ लाख खर्च भएको छ । बुवा पनि विदेशमा हुनुहुन्छ । २ वर्षदेखि निरन्तर महिनाको ३६ हजारका दरले ब्याज तिरिरहेका छौँ ।’
सल्यानका विष्णु बस्नेतको पनि अवस्था फरक छैन। उनी आएको १ महिना बित्यो । तर उनको न त काम पाइने टुंगो छ न त बैंक खाता बनेको छ । उनले सिम कार्ड समेत लिन पाएका छैनन् ।
’पहिला आएका साथीहरूलाई काम खोजिदिएको छ । बैंक खाता बनाउन सहयोग गरेको छ’, उनले भने, ’तर हामीलाई उल्टै टाढाको होस्टेलमा राखेर साइकल दिएको छ ।’ उनका अनुसार जापानको महँगी सहिनसक्नु छ। ’नेपालबाट ल्याएको पैसा पनि सकिँदैछ’, उनले भने, ’काम नपाएपछि अब के खाने भन्ने चिन्ता थपिएको छ ।’ एकातिर पैसा सकिँदैछ, अर्कातिर कामको टुंगो नहुँदा विद्यार्थीहरु तनावमा छन् ।
ञपैसाको समस्या छ । कहिले काम पाइन्छ टुंगो छैन,’ उनले भने, ’पैसा कमाउने उद्देश्यले जापान आएँ। तर एकदमै तनावपूणर् अवस्था छ ।’
रुकुमका (अजय कार्की) नाम परिवर्तन पनि जापान प्रवेश गरेको झण्डै १ महिना पुग्यो। नेपालबाटै शुल्क तिरेर आएका उनले होस्टेल पनि राम्रो नभएको बताएका छन्। एउटै कोठामा धेरै विद्यार्थी राखेको उनको गुनासो छ ।
ञएउटै कोठामा ४ जनासम्म राखिएको छझ,उनले भने, ञयसरी धेरै मान्छे एकै ठाउँमा राख्दा पढ्न सकिँदैन। हल्ला भएर डिस्टर्व हुन्छ ।’ कोभिड महामारीका कारण लामो समय रोकिएका नेपाली विद्यार्थी एकैचोटि ठूलो संख्यामा जापान आएकाले केही समयलाई यस्तो अवस्था आएको एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल बताउँछन् ।
विद्यार्थी भिसामा आउने ३/४ सिजन हुन्छ । यी सबै सिजनमा आउने १२ हजार विद्यार्थी एकै पटक आए’, उनले भने, ’जसले गर्दा अहिले यस्तो समस्या उत्पन्न भयो ।’
उनका अनुसार अहिले जापानको फुकुवा, ओकिना जस्ता सहरमा आएका नेपाली विद्यार्थी बढी समस्यामा परेका छन् ।
विद्यार्थी बढी भएपछि जापानका कलेजहरुले व्यवस्थापन गर्न पनि सकिरहेका छैनन् । ञकलेजहरुले व्यवस्थापन गर्न सकिरहेका छैनन्, कलेजहरूको पनि यसमा गल्ती छ’, उनले भने । यो विषयमा नेपाली कन्सल्टेन्सीहरूले पनि विद्यार्थीहरुलाई सही परामर्श दिन नसकेको पौडेल बताउँछन् ।
नेपालबाट विद्यार्थीहरू ठूलो रकम खर्चेर जापान आउँछन् । कन्सल्टेन्सीले पनि जटिल परिस्थितिमा केही समस्या हुनसक्छ भनेर परामर्श दिँदैनन’, उनले भने, ’जापानमा काम खोज्ने तरिका विद्यार्थीलाई थाहा नहुँदा गाह्रो हुने गरेको छ । नेपालखवर