काठमाडौं ।
न्यायाधीश र अधिबक्ताबीच नै घुस लेनदेनको बारेमा छलफल भएको अडियो केहिदिन अगाडी बाहिरीएको थियो। उक्त अडियो प्रकरणको बिषयले सदनमा प्रवेश पाएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेनको विषय सार्वजनिक भएपछि नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद भएको बताइन् ।
उक्त घटनाले मुलुकको न्यायालयको अवस्था छर्लङ्ग पारेको भन्दै सांसद सिटौलाले राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको आरोप लगाइन् । आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमुक सङ्गठनमा बस्नेहरू घुसबाट धन कमाइरहेको भन्दै उनले सदनको ध्यानाकर्षण गराइन् ।
यस्ता गम्भीर विषयमा सबै सांसदहरू, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभइ सिङ्गो आवाज बन्नुपर्नेमा उनको जोड थियो ।
सांसद गजेन्द्रबहादुर महतले न्यायालय भ्रष्टाचारको अखडा बनिरहेको टिप्पणी गर्दै यसबारेमा व्यवस्थापिका पनि बन्धक भएर बस्न नहुने बताए । नेपालप्रेसबाट…