शिक्षामा बजेट बृद्धिको आव्हान गर्दै कुश्मा नगरपालिकालाई अपीलपत्र हस्तान्तरण

 

८ असार, कुश्मा, पर्वत ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ नेपाल) पर्वतले जिल्ला सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकालाई आगामी आर्थिक वर्षको बजेटमा शिक्षाका लागि प्राथमिकताका साथ रकम बृद्धि गर्न अनुरोध गर्दै अपीलपत्र बुझाएको छ ।

एनसिई नेपालमा आबद्ध अभियानकर्मीहरुले आगामी आर्थिक बर्षको बजेट तर्जुमाका लागि बस्दै गरेको कार्यपालिका बैठककै संघारमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमार्फत ११ बुँदे अपीलपत्र हस्तान्तरण गरेका हुन् ।

एनसिई नेपालका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पहाडी, एनसिई पर्वतका सदस्य भिम बहादुर नेपाली, आशिष पौडेल, रमेश श्रेष्ठ, केदार कर्माचार्य, उत्तम कर्माचार्यसहितको टीमले हस्तान्तरण गरेको अपीलपत्र ग्रहण गर्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिङ गुरुङले शिक्षामा बजेट बृद्धि गर्नुपर्दछ भन्ने कुरामा आफ्नो सकारात्मक समर्थन रहने र अपीलपत्रलाई कार्यपालिका बैठकमा पेश गर्ने जानकारी दिनुभयो ।

 

केही दिन अघि एनसिई पर्वतको प्रतिनिधि मण्डलले कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई भेटेर एनसिई नेपालका मागहरु बारे मौखिक जानकारी गराएको थियो र नगर प्रमुखसँगको सल्लाहबमोजिम आज लिखितरुपमा अपीलपत्र हस्तान्तरण गरिएको हो । ज्ञातब्य छ, एनसिई पर्वतले जिल्लाका सबै सातवटै पालिकामा आगामी बजेटमा शिक्षालाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्न माग गर्दै इमेलमार्फत आफ्नो अपीलपत्र पठाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज