ताप्लेजुङ –
एक मात्र ताप्लेजुङको सुकेटार विमानस्थलमा दुई महिनाभन्दा लामाे समय देखि उडान हुन सकेको छैन । बर्खाको मौसमका कारण उडानमा समस्या आएको हो । प्रतिकूल माैसमका कारण हवाइ उडान हुन नसकेको जानकारी स्टेशनले गराएको छ।
गएकाे जेठ १४ गतेदेखि एउटा पनि उडान हुन नसेको हवाइ उड्ययन प्राधिकरणका सुेकटार स्टेशन सहायक प्रमुख अंगत यादवले जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय अन्तिम पटक जेठ १४ गते नेपाल वायुसेवा निगमको जहाज आएको बताउनुभयो । उडान सेडुलमा राखे पनि पानी र कुहिरोका कारण जहाज झिकाउन नसिकिएको यादवले बताउनुभयो ।
बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभायो ।तर, प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ । सुकेटार विमानस्थलमा नेपाल वायुसेवाका साथै सीता एअरले पनि उडान भर्दै आएको थियो ।
ताप्लेजुङमा जेठदेखि नै वर्षा भइरहेको तथा कुहिरो लागिरहेकाले जहाज आउन नसेको उहाँले बताउनुभयो ।
निगमका अनुसार सुकेटारमा हप्ताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाण्डौ–ताप्लेजुङ उडान तालिका रहेको छ । तर, प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ । सुकेटार विमानस्थलमा नेपाल वायुसेवाका साथै सीता एअरले पनि उडान भर्दै आएको थियो ।