ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो, सहचालक जोगिए

गुल्मी –

ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।गुल्मीको सिमिचौरमा सो ट्रक दुर्घटना भएको थियो ।३७ वर्षीय ट्रक चालक रनबहादुर ढेङ्गाको ज्यान गएको प्रहरीले जनाएको छ ।

रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–३ का ३७

वर्षीय ट्रक चालक रनबहादुर ढेङ्गाको ज्यान गएको प्रहरीले जनाएको छ ।ट्रकका सहचालक भने जोगिएका छन् ।

सडक भासिएपछि ट्रक दुर्घटना भएको र चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज