बस दुर्घटना हुँदा १२ जनाको ज्यान गयो

क्रोएसिया-

पर्यटक बोकेको बस दुर्घटना हुँदा क्रोएशियामा १२ जनाको ज्यान गएको छ ।धेरै घाइते भएका छन् ।

३१ जना घाइते भएका छन् । पोल्याण्डबाट घुम्न गएका पर्यटक बोकेको बस क्रोएशियाको जरेक विसास्की नजिकै सडकबाट खसेको बीबीसीले जनाएको छ ।

घाइते भएकामध्ये केहीको गम्भीर अवस्थामा उपचार चलिरहेको छ । दुर्घटनामा ज्यान गुमाउने सबै पोल्याण्डका वयस्क नागरिक रहेका खबरमा उल्लेख छ ।

उनीहरु बोस्नियाको क्याथोलिक तीर्थस्थल मेदजुगोर्जे जाँदै थिए । क्रोएशियाका प्रधानमन्त्री डाभोर बोज्निनोभिकले ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिँदै घाइतेहरुको ज्यान बचाउन हरसम्भव कोसिस गर्ने बताउनुभएको छ ।

घटनापछि पोल्याण्डका २ जना मन्त्री क्रोएशिया जान लागेका खबरमा उल्लेख छ । घुम्नको लागि क्रोसिया गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज