प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध संसदीय चुनाव लड्ने ढकाल

डडेल्धुरा-

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध संसदीय चुनावमा लड्ने बताउदै आएका एक युवाले डडेल्धुरा पुगेर विभिन्न अभिव्यक्ति दिइरहेका छन ।

प्रधानमन्त्री देउवा सग भिड्ने सागर ढकालले देउवालाई  देशले पाँच पटक प्रधानमन्त्री बनाएकै काे घर वरिपरि देश रोएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्ताे बताएका हुन्।

उनले लेखेका छन्, ‘देशले पाँच पटक प्रधानमन्त्री बनाएको घर वरिपरि देश रोएको छ। देउवा जन्मेको घर नै धरापमा छ, नगएको दसक भयो, पाच बर्षमा एक पटक त्यो पनि चुनावमा, त्यो पनि हेलिकप्टरमा। देशको लागि अब कस्तो प्रधानमन्त्री भन्ने बहस अब प्रधानमन्त्रीकै जन्म घरमा बसेर बहस गरौं।’

देउवाको पुख्यौली घर पुगेका ढकालले ‘शेरबहादुर हजुरबा भन्दै उनकै जन्मघरमा बहसको लागि निमन्त्रणा समेत गरेका छन्।

पाँच वर्षअघि बिबिसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न साेधेर चर्चित बनेका व्यक्ति डडेल्धुराबाट संसदीय चुनाव लड्ने तयारीमा छन्।

ढकाल पढ्नका लागि आफैं बेलायतको अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए। उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्।

गुल्मीका सागर ढकालले पाँच वर्षअघि प्रधानमन्त्री देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै प्रश्न गरेका थिए।

देउवाले जवाफमा झोक्किँदै ‘तपाईं बढ्ता बोल्दैहुनुहुन्छ’ भनेर जवाफ फर्काएका थिए। ढकालले दिदै आएका पछिल्ला अन्तरवार्ता हरुमा सो समयको देउवाको जवाफ को कुरा हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज