एमालेका सांसद योगेश भट्टराईले सरकारले गरेको निर्णयको गरे विरोध

काठमाडौ-

प्रमुख प्रतिपक्षी एमालेका सांसद योगेश भट्टराईले सरकारको निर्णय प्रती बिरोध जनाएका छन् । शेरबहादुर देउवा निकट चिकित्सकलाई सेवामा निरन्तर राख्नका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अवकाशको उमेर हद बढाउने निर्णयको विरोध गरेका छन् ।

प्रधानमन्त्री देउवा निकट ६० वर्षीय डा. रवि मल्लको सेवा अवधि बढाउनका लागि शनिबार अवकाशको उमेरहद ६० बाट ६३ वर्ष पुर्‍याइएको थियो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा भट्टराईले उक्त चिकित्सकको नागरिकता खिचेर उमेर घटाई ४० वर्ष पुगेको नगारिकता बनाउन भन्दै सरकारप्रति व्यंग्य गरे ।,

‘हालै गंगालाल अस्पतालमा एक जना चिकित्सकको भोलि २३ गते समयावधि सकिँदै थियो, ६० वर्षको उमेरहदले । प्रधानमन्त्रीको निर्देशनमा हिजो मात्रै शनिबारको दिन स्वास्थ्यमन्त्रीको अध्यक्षतामा बैठक बसेर अवकाशको उमेर हद ६३ वर्ष रहने गरी नियमावली संशोधन भएको छ । म यो सरकारलाई सोध्न चाहन्छु, यो एक कुर्सी छ ४ जना डिफ्याक्टो प्रधानमन्त्री भएको बहादुर सरकार छ । उसले चाह्यो भने ६३ वर्ष गराइदिन सक्छ; चाह्यो भने ८० वर्ष गराइदिन सक्छ,’ उनले भने, ‘म यो सरकारलाई भन्न चाहन्छु- यति बलियो र बहादुर सरकार, त्यो चिकित्सकको नागरिकता खिचेर ४० वर्षको नगारिकता बनाइदिउँ । त्यसो भयो भने उहाँले अर्को २० वर्ष जागिर खान पाउनुहुन्छ ।’

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले अवकाशको उमेरहद ६३ वर्ष पुर्‍याउने निर्णय गरेको थियो । कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज