पर्वतमा बिद्युत सर्ट हुदाँ एकजनाको मृत्यु ४ जना गम्भिर घाइते

धाइरिङ-
जिल्लाको जलजला गाउँपालिकामा धाइरिङमा बिद्युत सर्ट हुदाँ एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन् ।

गाउपालिकाको वडा न ७ धाइरिङमा सोमबार विहान विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर जाँदा १ जनाको मृत्यु भएको हो ।

धाइरिङको धारापानी भन्ने गाउँमा विद्युत लाइनमा आएको समस्याका कारण बस्ती भरीका झण्डै २ दर्जन बढि घरहरुका मिटर बक्समा आगलागी भएको र ४ जना स्थानीय गम्भिर घाइते भएको घटनास्थल पुगेका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर गई घरहरुका मिटर बक्समा आगलागी भएको हो । विद्युत लाइन सट हुँदा दजनौं पशु चौपायाहरुको मृत्यु भएको छ भने स्थानीय पशु फार्ममा समेत आगलागी भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

घटनाको थप क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लैजाने तयारी गरिएको अध्यक्ष आचार्यले जानाकारी गराउनुभएको छ ।

घटनामा झण्डै ५० बर्षकी सिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपि शिवराज बुढाथोकीले पुष्टि गर्नुभएको छ ।पर्वतन्युज

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज