धाइरिङ- जिल्लाको जलजला गाउँपालिकामा आज विहानै गाउँ घरका अधिकांश घरमा विद्युत सर्ट भएर आगलागी भएको छ । घर घरमा रहेका मिटर बक्सहरु जलेका छन् भने गाउँमा १ जनाको मृत्यु भईसकेको छ ।
घटनाको यर्थाथ विवरण प्राविधिक जाँच पछि आउनसक्ने भन्दै २२० भोल्जेट प्रवाह हुनपर्ने तारमा ११ हजार भोल्टेजसम्मको लाइन प्रवाह भएको हुनसक्ने बताइएको छ।
यता नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार प्रारम्भिक रुपमा २२० भोल्टेज प्रसारण हुनुपर्ने विद्युतको तारमा त्यो भन्दा धेरै भोल्टेज प्रसारण भएको बताएका छन् ।
कार्यालय प्रमुख गोशेलीले प्रारम्भिक रुपमा २२० भोल्टेज भन्दा बढि ४४० भोल्टेजसम्म पनि प्रवाह भएको हुनसक्ने तर कति भोल्टेज प्रवाह भयो यकिन नभएको बताए । अधिकत ११ हजार भोल्टेज मुख्य तारमा भएका कारण त्यो बराबरको भोल्टेज गएको हुनसक्ने अनुमान कार्यालय प्रमुखले गरेका छन्
गाउँका अधिकांश घरका पशु चौपायहरु समेत मरेका छन् । घटना स्थलमा पुगेका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले घटनाको पुष्टि गर्दै विद्युत लाइनको समस्याका कारण गाउँमा ठूलो क्षति भएको बताए ।
धारापानी भन्ने गाउँमा विद्युत लाइनमा विहान झण्डै ९ बजेको समयमा भएको गडबडीका कारण गाउँले ठूलो क्षति ब्यहोरेको छ ।