काठमाण्डौ –
बिहान साढे ४ बजेतिर नागढुङ्गाको झ्याप्ले खोला नजिकै गाडी बिग्रिएकाले एक तर्फी रुपमा गाडी चल्दा चाप बढेको हो ।
काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानै देखि चापमा गाडी चलिरहेका छन् ।
बिग्रिएको गाडी हटाएर सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यतिबेला अन्य मख्य सडक खण्डमा भने गाडीको आवतजावत सामान्य छ ।
तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गर्दै आएको छ । जुनसुकै बेला पनि बाटो अवरुद्ध हुन सक्ने प्रहरीको भनाइ छ ।unn.com.np