भक्तपुर –
गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल भएकाे भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो ।
भक्तपुरमा आज अर्थात बिहिवार (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो ।
भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ त्यही दिन नागरिकले पनि चाडपर्व मनाउने प्रचलन छ ।
तिथि घटबढका कारण कुनै दुई तिथि एकैदिन परे तलेजुका मुल पुरोहित, राजोपाध्याय एवम् पुजारीहरु कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ ।
त्यहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मुल पुजारी र पुजारीहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने जनाएको छ । unn.com.np