तनहुँ—
तनहुँमा अरिङ्गालले टोकेर एकजनाको ज्यान गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङालले टोक्दा ज्यान जानेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् ।
अरिङ्गालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो ।
सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते हुनुभएकाे थियाे ।
कुमालको गण्डकी अस्पतालमा उपचारका क्रममा आज ज्यान गएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।