काठमाडौ-
थापाथली स्थित वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको छ । काठमाडौ र ललितपुरको सिमानामा पुल बाट महिलाले हाम फालेकी हुन ।
ती महिलालाई पानीबाटै जीवितै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टर पुर्याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिनुभयो ।
उनका अनुसार एक महिलाले शनिबार अपराह्न हाम फालेको र उनलाई स्थानीय र प्रहरीको सहयोगमा केहीबेरमै प्रहरीले उद्धार गरी अस्पताल पुर्याइएको हो । महिलाको पहिचान खुलेको छैन ।
त्यस्तै शनिबार नै काठमाडौंको सुन्दरीजलस्थित खोलामा चिप्लिएर बगेका एक युवकलाई पनि उद्धार गरिएको छ ।