संगिता लामिछाने/पर्वत
पर्वत जलजला गाउँपालिमा काखे बच्चा छाडेर एक महिला बेपत्ता भएकी छन् । सो गाउँपालिकाको वडा नं. ५ लेखफाँटकी एक २० बर्षिया महिला महिना दिन देखि बेपत्ता भएकी हुन् । दुई बर्षकी छोरी घरमा नै छाडेर साउन ६ गतेदेखि सुजता खड्का जिसी सम्पर्क विहिन बनेकी हुन् ।
सोही गाउँपालिका वडा नं. ८ नाग्लिवाङमा माइती घर भएकी जिसी घरमा कोही नभएको समयमा बालिकालाई घरमा नै छाडेर हाल सम्म सम्पर्कमा नआएको परिवारले गुनासो गरेका छन् । प्रहरीले खोजि कार्य गर्दा हाल सम्म महिला सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक प्रकाश राउतले जानकारी दिनुभयो ।
बेपत्ता भएको महिलाको आफन्त, इष्टमित्र समक्ष सम्पर्क र आन्तरिक खोजतलास गरेपनि नभेटिएपछि बेपत्ता महिलाका श्रीमान् मदन जिसीले साउन ११ गते प्रहरी चौकी लेखफाँटमा खोजतलासका लागि उजुरी दिएका थिए ।
महिलाको खोजतलासका लागि जिल्ला भित्रका सवै प्रहरी युनिट र परिवारले दिएको जानकारीका आधारमा शंका लागेका अन्य स्थानहरुमा समेत खोजिकार्य भइरहेको प्रहरी निरिक्षक राउतले जानकारी दिनुभयो ।
उनले प्रयोग गर्दै आइरहेको मोबाइल फोन र सम्पर्कमा आएका व्यक्तिहरु पहिचान गरी खोधखोज गर्दा पनि प्रहरीले उनको अवस्थाबारे पत्ता लगाउन सकेको छैन ।
बेपत्ता महिलाको घर तथा माइती पक्षबाट समेत खोजि कार्य भइरहेको र खोजि कार्यका लागि सहयोग गरिदिन अन्य निकायहरु समक्ष समेत अनुरोध गरिएको माइती पक्षका स्थानीयबासी अनिता रेग्मीले बताउनुभयो ।