दिसा गराउदा झण्डै एक किलो सुन

काठमाण्डाै –

त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा  सुन द्खिएको छ । उनलाई दिसा गराउदा झन्डै एक किलो सुन निस्किएको हो।

हिजो बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

शङ्का लागेर प्रहरीले पक्राउ गरी काठमाण्डाै मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शङ्कास्पद वस्तु देखिएपछि प्रहरी वृत्त गौशालामा दिसा गराएको प्रहरीले जनाएको छ ।

दिसा गर्ने क्रममा अर्धठोस अवस्थामा बेलनाकार चार वटा पोका फेला पारेको र त्यो झन्डै एक किलो रहेको  थियो । र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ujyaaloonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज