प्रेम न्यौपाने , भदौ २१ नवलपुर
नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ । साथै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन समेत आदेश दिएको छ । नवलपुर जिल्ला अदातलका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले सो फैसला सुनाएको हो ।
यद्यपि जबर्जस्ती करणीको मुद्दामा भने शाहलाई सफाइ दिइएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।
एक नाबालिक गायिकाले बलात्कार सम्बन्धी उजुर गरेपछि शाह मुद्दाको पुर्पक्षका लागि थुनामा छन् । ती गायिकाले नवलपुर र तनहुँ गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुइवटै जिल्ला अदालतमा एकै पीडितबाट बलात्कारको मुद्दा खेपिरहेका छन् ।