कुश्मा,पर्वत –
आगामी मंसिर ४ मा हुने संघ र प्रदेश सभा निर्वाचनको लागि विभिन्न पार्टीले नामावली संकलन र छलफल गरिरहेका बेला पर्वतमा माओवादीले पनि यो कार्यलाई तिब्र रुपमा अगाडि बढाएको छ । प्रदेश सभा क तर्फ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदीप कुँवर, मीन राज के सी अविरल लोकराज आचार्य, विजय सापकोटाको नाम सिफारिस गरेको छ ।
निर्वाचनको लागि माओवादी केन्द्रको तर्फबाट पर्वतले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उमेदवारको नामावली सिफारिस गरेको हो ।
माओवादीको जिल्ला समन्वय समितिको वैठकले आगामी निर्वाचनका लागि प्रदेश सभा र प्रतिनिधि सभाका लागि उमेदवारहरुको नामावली सिफारिस गरेको कुश्मा नगर कमिटि कोषाध्यक्ष गोबिन्द नेपालीले जानकारी दिए ।
त्यसैगरी माओवादीको जिल्ला वैठकले प्रतिनिधि सभामा गुप्त हमाल, नेत्रनाथ अधिकारी, गुणाखर बस्याल, जयनारायण तिवारीको नाम सिफारिस गरेको छ ।
प्रदेश सभा ख तर्फ युवा नेता गगन बहादुर थापा प्रदीप सविन गुरुङ, प्रेम राना ऋषिराम भुसाल र उमाकान्त भुर्तेल, र रिसिरामको नाम सिफारिस गरेको छ ।