पर्वत,१५
जिल्लाको अग्रणी शैक्षिक धरोहर पूर्णेश्वर मावि, कुश्मा १०, पिपलटारीमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको संस्था पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको ११औं साधारण सभा साथै ७औं अधिवेशन सम्पन्न भएको छ ।
शनिवार सम्पन्न अधिवेशनले पूर्व विद्यार्थी राजु पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले उपाध्यक्ष विनय चापागाई, सचिव सन्तोष पौडेल, सहसचिव दामोदर पौडेल र सदस्यहरुमा लोकप्रसाद अधिकारी, उपदेश निधि पौडेल, अनन्त पौडेल, दुर्गादत्त पौडेल, विरबहादुर नेपाली र रामजी पौडेललाई चयन गरेको छ भने कोषाध्यक्ष र बाँकी सदस्य चयन नवनिर्वाचित कार्यसमितिले चयन गर्ने जिम्मेवारी प्रदान गरेको छ ।
समाजका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन कुश्मा १० का वडाअध्यक्ष रामचन्द्र सुवेदीले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष इन्दु तिवारी र संचालन सचिव सन्तोष पौडेलले गर्नुभएको थियो ।