पर्वत
पर्वतमा प्रतिनिधीसभा र प्रदेसभाका लागि नेकपा(एमाले)का उमेदवारहरुले पार्टीका संस्थापक नेता ८१ बर्षिय तोयनाथ चालिसे संग आर्शिबाद लिएर उमेदवारी दर्ता गर्नुभएको छ ।
नेकपा(माले)का संस्थापक नेता तोयनाथ चालिसेबाट टिका तथा दही खाएर आर्शिबाद लिएपछि एमालेका उमेदवारहरुले उमेदवारी दर्ता गर्नुभएको हो ।
पर्वतमा नेकपा(एमाले)बाट प्रतिनिधीसभामा पदम गिरी तथा गण्डकी प्रदेशसभाका लागि प्रदेश क मा भक्त कुवँर तथा प्रदेश ख मा मित्रलाल बस्यालले उमेदवारी दर्ता गर्नुभएको छ ।
प्रतिनिधीसभाका उमेदवार गिरी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्वतबाट निर्वाचित हुनुभएको थियो । उहाँले नेपाली कांग्रेसका उमेदवार अर्जुनप्रसाद जोशीलाई झण्डै १३ हजार मतान्तरले पराजित गर्नुभएका थियो । यसपटक पनि गिरीको प्रतिष्पर्धा जोशी संगै हुने भएको छ । गठबन्धनबाट उमेदवारी दर्ता गर्नुभएका जोशीको यो पाँचौ प्रतिष्पर्धा हो । जोशीले तीन पटक चुनाब जित्नुभएको छ भने एमालेका उमेदवार पदम गिरी संग यस अघि पराजित हुनुभएको थियो ।
यसैगरी प्रदेशसभा क का उमेदवार भक्त कुवँरको यो पहिलो प्रतिष्पर्धा हो । उहाँले यस अघि स्थानिय, संघ र प्रदेशको चुनाब लड्नु भएको छैन । एमाले पर्वतमा लामो समय राजनिती गरेर कुनै पनि अवसर नपाउने नेतामा कुवँर पर्नुुहुन्छ । एमाले नेता कुवँरले गठबन्धनका तर्फबाट उमेदवार बन्नु भएका नेकपा माओबादी केन्द्रका सुदिप कुवँर संग प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । प्रदेशसभा खका उमेदवार मित्रलाल बस्याल पनि एमालेमा सादगी नेताको रुपमा चिनिनु हुन्छ । बस्याल २०७४ को स्थानिय चुनाबमा पैयुँ गाउँपालिकाको अध्यक्ष पदमा पराजित हुनुभएको थियो । उहाँले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रिय कार्यालयका पुर्ब मुख्य सचिब ऋषिकेश तिवारी संग प्रतिष्पर्धा गर्नुहुनेछ ।