२३ कार्तिक, पर्वत ।
आगामी मंसीर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै जाँदा उमेदवारहरु घरदैलो र चुनावी कोण सभामा ब्यस्त छन् । निर्वाचनको मिति नजिकिदै जाँदा गठबन्धन र एमाले दुवै तर्फबाट उमेदवारहरु घरदैलो र चुनावी कोण सभामा ब्यस्त भएका हुन् ।
गठबन्धनको चुनावी कोण सभा मंगलबार मोदी गाउँपालिकाको राम्जामा सम्पन्न भएको छ । डिमुवा बजार देखिको झण्डै १२ किलोमिटर कालोपत्रे सडकमा राम्जा पुगेका गठबन्धनका नेताहरुले पर्वत जिल्लामा एमालेले विगत ५ बर्षमा केहि पनि काम नगरेको आरोप लगाएका छन् ।
कालोपत्रे गरिएको सडकमै कोण सभा आयोजना गरेर गठबन्धनका नेताहरुले जिल्लाको विकास र संविधान रक्षाका लागि गठबन्धनलाई भोट हाल्न आग्रह समेत गरे । उनीहरुले जिल्लाको विकासको लागि विगत ५ बर्षमा केहि काम नै नभएको बताए । प्रतिनिधि सभाका उमेदवार जोशीले आफूलाई १८ बर्षमा के काम गरयो भनेर जनताले प्रश्न गरे पछि जिल्लाका सवै सडक खन्ने काम र विजुली पुराउने काम आफूले नै गरेको दावी गर्दै आइरहेका छन् ।
तत्कालीन जिल्ला विकास समिति र एमालेको आफ्नो गाउँ आफै बनाउन अभियान अन्तर्गत सडकहरु खनिएको एमालेका नेताहरुको तर्क छ । उता, गठबन्धनले भने विकास निर्माणको काम एमालेले गर्नै नसकेको बताउँदै आएका छन् । सवै सडक कालोपत्रे गरेर जनतालाई साइकलमा चढ्न मिल्ने बनाउँछु भन्ने एमालेको एजेण्डा पुरा नभएको गठबन्धनका नेताहरुले आरोप लगाउँदै आएका छन् ।
उता, एमालेका प्रतिनिधि सभाका उमेदवार पदम गिरीले भने जिल्लामा विगत ५ बर्ष मध्ये ३ बर्ष मात्र विकास निर्माणको काम भएको र कुल १ सय १८ किलोमिटर सडक जिल्लामा कालोपत्रे भईसकेको ३८ किलोमिटर सडक निर्माणको चरणमै रहेको उल्लेख गर्दै आइरहेका छन् ।
विकास निर्माणको कामको जस लिने होडबाजीका वीच गठबन्धन र एमालेका कोण सभाहरु रोचक बन्दै गईरहेका छन् .parbatnews