पर्वतमा शिक्षकहरुका लागि लैंङ्गिक हिंसा बिरुद्धको रक्षात्मक प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभाग पर्वतले सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि एबम् केन्द्रिय सदस्य शारदा कुमारी शर्माले सामाजिक रुपान्तरणका लागि समाजमा जगडिएको लैंगिक हिंसा विरुद्द सबैले आ-आफ्नो ठाउँबाट शारीरिक तथा कानुनि रुपमा प्रतिरक्षात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । पर्वतकी उपाध्यक्ष कमला शर्मा न्यौपानेको अध्यक्षतामा भएको एक दिने प्रशिक्षण कार्यक्रममा अध्यक्ष शर्माले यस्ता कार्यक्रमहरुले पार्ने सकारात्मक प्रभावको बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी नायव निरिक्षक पुर्णिमा थापा सहितको टोली, कुश्मा नगरपालिकाका डिल कुमारी शर्मा र तेक्वान्डोका भरत श्रेष्ठ प्रशिक्षकका रुपमा रहनुभएको थियो । प्रशिक्षण कार्यक्रममा लैंगिक तथा घरेलु हिंसा विरुद्द प्रतिरक्षात्मक व्यवहारिक एवं सैद्दान्तिक ज्ञान प्राप्त भएको सहभागि लक्ष्मी परियारले बताउनुभयो ।
राष्ट्रिय समितिको सर्कुलर बमोजिम शिक्षकहरुका लागि गरिएको प्रशिक्षण कार्यक्रममा केन्द्रिय प्रतिनिधि गिता देवी घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका सचिव टंकलाल भुषालले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
शिक्षकहरुका लागि लैंगिक हिंसा विरुद्द रक्षात्मक प्रशिक्षण
