सातौ पर्वत महोत्सवको तयारी तीब्र

२८ पुष, पर्वत ।  स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै स्थानीय स्तरको पहिचानलाई स्थापीत गराउनका लागि पर्वत उधोग बाणिज्य संघको आयोजनामा महोत्सव हुने भएको छ । महोत्सव सफल बनाउन तयारी तीब्र रुपमा अगाडी बढाइएको पर्वत उधोग बाणिज्य संघले जानकारी दिएको छ । यस्ता महोत्सवहरु अवसर रूपमा पनि लिएको हुन्छ  । पर्वत जिल्लामा पर्वत उद्योग बाणिज्य संघले प्रत्येक ३ बर्षको अवधिमा १ पटक पर्वत महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

गुप्तेश्वर महोत्सव नामबाट २०६१ सालमा शुरु भएको महोत्सव हालसम्म ६ वटा सम्पन्न भएका छन् यस अघिका महोत्सवको तुलनामा यस बर्षको महोत्सवले पर्वत जिल्लालाई स्वर्णीम अवसर सृजना गरेको छ । पर्वत जिल्ला साहसिक खेलप्रेमीहरुको लागि पहिचानयुक्त जिल्ला बन्दै गईरहेको बेलामा आयोजना गरिएको महोत्सवले देश भरका साहसिक खेल प्रेमीहरु पर्वत जिल्लामा आउने सन्दर्भ महोत्सवले जुटाउने भएको छ ।आगामी माघ ११ गते देखि शुरु हुने महोत्सव १० दिनसम्म चल्ने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज