पर्वत वेलफेयर सोसाइटी युकेको अनुगमन सम्पन्न

पर्वत,कुस्मा पर्वत वेलफेयर सोसाइटी युकेको अनुगमन सम्पन्न भएको छ । बुधबार भएको कार्यक्रममा  शिवालय माविमा स्थापना गरेको छात्रवृत्ति कोसलाइ अझै बढाउने भएको हो । शिवालय माविमा २०७५ सालमा १० लाखको अक्षयकोस स्थापना गरेको थियो । हालै पर्वत वेलफेयर सोसाइटी युकेको अध्यक्षमा निर्वाचित अप्सरा गुरुङले अक्षयकोस बढाउने घोषणा गर्नुभएको हो । गुरुङले अक्षयकोसले बिद्यार्थीको पढाइमा राम्रो सहयोग पुगेको हुनाले कोष लाई बढाउने सोचमा रहेको जानकारी दिनुभएको हो । साथै जिल्लाका अन्य बिधालयमा पनि यस्ता अक्षयकोस राख्ने योजनामा रहेको पनि जानकारी दिनुभयो । शिवालय माबिमा दृस्टिबिहिन भएका १२ जना बिद्यार्थीहरु लाई अक्षयकोस बितरण गरिदै आएको छ । शिवालय माबिमा आउनुभएका अध्यक्ष गुरुङले अक्षयकोसको बारेमा जानकारी लिनुभएको थियो । शिवालय माविले अध्यक्ष गुरुङ लाई सम्मान पनि गरेको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेश सदस्य रेखा गुरुङ, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, नेपाली काङ्ग्रेस पर्वतका सभापती युवराज जोशी, बिधालय ब्यबस्थापन समितिका पदाधिकारी, बिधालयका शिक्षकहरु सहभागी बन्नुभएको थियो । बिधालयको समग्र अवस्था र अक्षयकोसको बारेमा प्रधानाध्यापक भुपेन्द्र चापागाईंले जानकारी प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज