पर्वत,११माघ
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बिकास निर्माण देखि व्यापार, व्यवसाय र उद्यम सम्मका सम्पुणर् क्षेत्र चौपट हुने स्थितीमा रहेको बताएका छन् । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवको बुधवार उद्धाटन गर्दै नेपालको पछिल्लो परिवेश भयानक हुदै गएको बताएका हुन् ।
मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पर्वत पुगेका मन्त्री गिरीले सो कार्यक्रममा मंगलबार बानेश्वरस्थित संसद भवन अगाडि आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएको बिषयलाई उठाउदै आत्महत्या गर्ने काम राम्रो होइन तर अहिले यस खवरले सामाजिक संजाल तताइरहेको छ । मन्त्री गिरीलेभने ,‘आचार्यको त्यो निणर्य राम्रो मान्न सकिन्न तर आज अवस्था त्यस्तै छ । अर्थतन्त्र जरजर भएको छ । बैङ्कमा गयो बैङ्कले लगानी गर्दैन, तरलताको अभाव छ । ७ ,८ प्रतिशत ब्याजमा लिएको ऋण आज १७ प्रतिशत सम्म पुगेको छ । समयमा ऋण तिर्न नसक्दा व्यापारीहरु हतोत्साहित हुदैँ जाने स्थिति आएको छ ।’
पर्वतबाट दोश्रो पटक संघिय चुनाव जितेर पहिलो पटक मन्त्री बनेका हुन् । गिरीले अहिलेको अवस्थामा सवैभन्दा धेरै खुसि कुनैपनि व्यापार ब्यवसायन नगरी बसेको मानिस रहेको बताएका छन् । गिरी भन्छन् ,‘ केहि गर्छु भनेका मान्छेहरुको अवस्था कहाली लाग्दो रहेको छ । यसका लागि कसलाई दोस दिने बिगतमा कस्ता कस्ता हामिहरु सरकारमा थियौँ सवैलाई थाहा छ नी । खुसिको कुरा अहिले हामि सरकारमा आएपछि शेयरबजारमा हरियाली छायो भनेर पत्रपत्रिकामा पढ्न पाउँदा गर्व लाग्छ ।’ भिरबाट खसेका व्यापारीहरु लाई डोरी दिएर तान्नु पर्नेछ । तल खस्यो गैहाल्यो भनेर चुप लागेर बस्ने स्थितीमा हामि नरहेको गिरीले बताएका छन् ।अहिलेको सरकार बिकासका लहर ल्याउने,अठोट र प्रतिबद्धता सहित बनेको गिरीको भनाई छ ।
चुनाव अगाडी जस्ता भाषण पनि हुन्छन् ।चुनाव पछाडी बोलेका मानिस साँचो र हिम्मतका साथ बोलेको भन्नुपर्छ । गिरीले भने , ‘लेखेर राख्नुस , रेकर्ड गर्नुस, युटुवमा हाल्नुस आउने पाँच बर्ष भित्र पर्वतका एउटा वडा पनि कालो पत्रेले छुुन बाकी रहेछ भने पदम गिरीको अगाडी आएर प्रश्न गर्नुहोला ।’पर्वत जिल्लाका ७ वटै पालिकामा अस्पताल हुन्छन् ,डाक्टर, नर्स हुने मन्त्री गिरीको भनाई छ । कोही मानिस पनि स्वास्थ्यउपचार नपाएर मर्ने स्थितिको अन्त्य गर्ने गिरीले बताएका छन् ।माघ ११ देखि २१ गते सम्म संचालन हुने महोत्सवमा प्रदेश सांसद देखि जिल्लाका बिभिन्न संघसस्था र ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।