पर्वतमा र्याप गायक “लाहुरे” माथि दर्शकबाट ढुङ्गा प्रहार

पर्वत ,१९माघ

पर्वत महोत्सवमा बुधबार बेलुका र्याप गायक आशिष राना (लाहुरे) माथि दर्शकबाट ढुङ्गाले हान्ने प्रयास भएको छ । पर्वत उद्योग बाणिज्य संघको आयोजनामा भएको सातौँ पर्वत महोत्सवमा दर्शक बाट गायक राना लाई निसाना बनाएर ढुङ्गा फालिएको थियो ।
हजारौँहजार दर्शकहरुले महोत्सव स्थल भरिएको थियो । त्यही बिच बाट लाहुरेले आफ्नो सांङ्गितीक प्रस्तुुती राख्ने क्रममा स्टेजको दायाँ तर्फबाट उनी माथी ढुङ्गा प्रहार भएको हो । लाउरे भन्छन्,‘आज हामी यहाँ हजारौँ हजार छौँ । एक जनाले ढुङ्गा हानेर यो माहोल बिथोल्ने प्रयास गरेको छ । ’ लाहुरेले रातिको करिव ८ बजे देखि ९ बजे सम्मका आफ्नो प्रस्तुती राख्नका लागि सातौ पर्वत महोत्सवको स्टेज पाएका थिए । सोहि समयमा उनी माथि ढुङ्गा प्रहारहुदाँ माहोल बिगार्न त्यसो गरिएको भन्दै लाउरेले हजारौ दर्शक आफ्नो साथमा रहेको बताएका थिए । ढुङ्गा किन फालिएको र कस्ले फालेको भन्ने पत्ता लाग्न नसकेको दर्शकले बताएका छन् ।
लाहुरेलाई हेर्न र उनका धेरै चर्चित गितहरुमा झुम्न बाग्लुङ, म्याग्दी, र कास्की लगायतका जिल्लाहरु बाट पनि दर्शकहरु आएका थिए ।

उनी माथि ढुङ्गा प्रहार भए पनि लाहुरेले सांङ्गितीक प्रस्तुुती राख्न भने छोडेका थिएनन् । सोहि प्रस्तुति हेरीरहेका कटुवा चौपारीका एक युवा रामु शर्माले भने , ‘कलाकार भनेको देशका गहना हुन् । उनीहरुमाथि यस्तो ब्यवहार देखाउनुले महोत्सवको मात्र होइन पर्वतको समेत गरिमा घट्छ । ’
लाहुरेले आफ्ना गितहरु सुनाउदाँ महोत्सव स्थल उनका गितको तालमा मन्त्रमुग्ध भएको थियो । उनले केस नम्बर ४२०, बिरामी , हाउडे लगायतमा धेरै गितहरु सुनाएका थिए । माघ ११ देखि संचालन भएको महोत्सव माघ २१ गते सम्म चल्ने आयोजकले जानाकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज