सलल काली गंगा बजारमा (भिडियो सहित)

पर्वत,१९माघ

पर्वतको बिभिन्न ठाउँमा छायाङ्कन गरीएको सलल काली गंगा नामको पन्चे बाजाको गित युटुव बजारमा आएको छ ।
पर्वतका गायक तथा संचारकर्मी कृष्ण समिप सुबेदी र पर्वतकै कलाकार दिपिका पौडेलको आवाज भरिएको गित पर्वतमा विमोचन गरिएको छ । सोमबार सातौँ पर्वत महोत्सवको अवसर पारेर सो बाजाको गित लाई बिमोचन गरिएको गायिका दिपीका पौडेलले बताइन् । उनी भन्छिन् ,‘पर्वतका बिभिन्न ठाउँलाई समेटेर तयार पारिएको यो गित संजोग बस पर्वत मै भव्य कार्यक्रमका बिच दर्शक श्रोता माझ पुर्‍र्याउने अवसर पायौँ ।’ गित लाई ‘कृष्ण समिप सुबेदी ’ युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । यस गितमा शब्द संगित कृष्ण समिप सुबेदीको रहेको छ भने सुधिर श्रेष्ठ र नारायणी खत्रिको अभिनय रहेको गितलाई कुमार केसिले निर्देशन गरेका छन् ।भिडियो हेर्नुुस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज