पर्वत
राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको आधार नै पर्यटन भएको बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिकाको पर्यटकिय क्षेत्र हम्पाल लेकको अवलोकन गर्दै भण्डारीले नेपाल धार्मिक ,साँस्कृतिक र जलस्रोत देखि अन्य थुप्रै कुरामा धनि रहेको छ । यि बिभिन्न क्षेत्रको सहि तरिकाले सदुपयोग र प्रबद्र्धन गर्ने हो भने पनि नेपाल समृद्ध बन्ने पक्का रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘नेपालका धार्मिक तथा पर्यटकीय स्थलको बधिक विकासमा जोड दिनुपर्ने जरुरी रहेको छ । ग्रामीण क्षेत्रका नागरिकको जीवनस्तर उकास्न पनि ग्रामीण पर्यटनले योगदान गर्न सक्छ ।’ जलस्रोत, कृषि, वन, र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि गर्न सक्ने हो भने बेरोजगारीको समस्या केहि हदसम्म हट्ने उहाँको भनाई छ ।
जलजला गाउँपालिकाको धार्मिक एव्म पर्यटकीय क्षेत्रको अवलोेकनको लागि बुधवार पर्वत आउनुभएकी भण्डारीले पर्यटकीय स्थलहरूको प्रचारप्रसार र महत्वको बिषयमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको हो । उहाँले देशका सम्पुणर् स्थानिय सरकारले पनि महत्वका साथ धार्मिक , साँस्कृतिक र पर्यटनको उच्च संम्भावना भएका यस्ता क्षेत्रहरुलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने अहिले भएको धराशायी अर्थतन्त्र लयमा फर्किन सहज हुने बताउनुभयो ।
राष्ट्रपति भण्डारी पहिलो पटक पर्वतको जलजला पुग्नुभएको हो । पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वराह तालमा निर्माण भएको आदि वराह मन्दिरको उद्घाटन पनि भण्डारीले गर्नुभएको छ । हम्पाल लेकको दृश्यअवलोकनले आफू धेरै खुसि र यहाँको दृश्यले आफुलाई लालायित बनाएको बताउनुभयो ।
पर्वत पर्यटनको प्रचुर संम्भावना बोकेको जिल्ला भएकाले यस जिल्लाका बिभिन्न पक्षको सम्पुणर् निकायले विषेश ध्यान दिएर संरक्षण,प्रर्वद्धनमा जोड दिनुपर्ने बताउनुभयो ।