अधिकारकर्मीको जिल्ला प्रशासन र प्रहरी समक्ष आत्महत्या न्युनिकरणका लागि पहल गर्न आग्रह

पर्वत, १५ फागुन
पछिल्लो समय आर्थिक समस्या देखाउँदै आत्महत्या गर्ने क्रम बढ्दै गएपछि पर्वत जिल्लामा क्रियाशिल अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय र प्रहरी समक्ष आत्महत्या न्युनिकरणका लागि पहल गर्न आग्रह गरेका छन् ।
पर्वत जिल्ला स्थित नेपाल पत्रकार महासंघ, गैसस महासंघ, नेपाल मानवअधिकार संगठन, नेपाल अपाङग उत्थान समाज, लोकतान्त्रिक गैसस महासंघ, जिल्ला सहकारी संघ, नेपाल महिला मानवअधिकार रक्षक सञ्जाल, इन्सेक, जिल्ला स्थित विभिन्न पत्रकार सम्बद्ध संस्था लगायतले आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा सो अनुरोध गरेका हुन् ।
पछिल्लो समय कुश्मा बजार र जिल्लाका अन्यत्र स्थानहरुमा सुसाइट नोट नै लेखेर मुख्य कारण आर्थिक अपारदर्शिता र समस्या देखाउँदै आत्महत्या गर्ने क्रम बढ्दै गएपछि अधिकारकर्मीहरु उक्त गतिविधि नियन्त्रणका लागि एकजुट भएका हुन् । कतिपय व्यक्तिहरु अहिलेपनि सहकारी लगायतका बैंक र अन्य वित्तीय संस्थाको दबाबका कारण घर छोडेर हिडिरहेको अवस्थालाई समेत मध्यनजर गर्दै अधिकारकर्मीहरुले बैंक तथा वित्तीय संस्था समक्ष जिल्ला प्रशासन कार्यालय पर्वतले छलफल गराएर दबाबजन्य गतिविधि नियन्त्रण गर्न अनुरोध गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले अधिकारकर्मीहरुको साझा आवाजले आफुलाई हौसला मिलेको बताउँदै आत्महत्या, घरेलु हिंसा, सामाजिक विभेद लगायतका विकृति नियन्त्रणमा हातेमालो गरेर जनचेतना विस्तार गर्ने बताएका थिए । सोही छलफलबाट विभिन्न अपराध जन्य घटनाहरु घट्न नदिनका लागि जनचेतना विस्तार गर्ने, आर्थिक कारोबार संग सम्बन्धित समस्याको समाधान गर्न सम्बन्धित निकायमा पहल गर्ने, अबैध कारोबार नियन्त्रण गर्न सुचना आदानप्रदान गर्ने र स्थानीय तहहरुलाई समेत जनचेतना विस्तारका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निणर्य भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज