फलेवास नगरपालिकामा करिव ५० प्रतिशतले खाए हात्तिपाइले बिरुद्धको औँषधी

पर्वत,१५ फाल्गुन

पर्वतको फलेवास नगरपालिकामा हात्तिपाइले रोग बिरुद्धको औँषधी करिव ५० प्रतिशतले सेवन गरेका छन् । फलेवास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र दुर्लभका अनुसार फाल्गुनको ११ गते बाट सुरु भएको यो अभियानमा अहिले सम्म ४५.८२ प्रतिशतले हात्तिपाइले रोग बिरुद्धको औषधी सेवन गरेका छन् ।


नगरपालिकाले कुल २० हजार ७ सय २२ जनालाई औषधी खुवाउने लक्ष्य लिएको छ । नगरपालिका भित्रका बिभिन्न स्वास्थ्य चौकीबाट बितरण भएको औषधीको बिवरण अनुसार चौथो दिनसम्म आइपुग्दा लक्ष्य लिइएको जनसंख्याको झण्डै आधा जनसंख्याले औषधी सेवन गरेका हुन् ।


कार्किनेटा स्वास्थ्य चौकी, थापाठाना स्वास्थ्य चौकी, शंंकरपोखरी स्वास्थ्य चौकी, मुडिकुवा स्वास्थ्य चौकी, खानिगाउँ स्वास्थ्य चौकी, लिमिठाना स्वास्थ्य चौकी, ठानामौला स्वास्थ्य चौकी, भंगरा स्वास्थ्य चौकी, कुर्घा स्वास्थ्य चौकी, पाङ्ग्राङ स्वास्थ्य चौकी र फलेवास नगर अस्पताल बाट औषधी बितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दुर्लभले जानाकारी दिनुभयो । उहाँले अझ १० दिन सम्म यो अभियान चल्ने बताउनुभएको छ । बाकि दिन भित्र सवैले औषधी सेवन गर्न आह्वान समेत उहाँले गर्नुभएको छ । हात्तिपाइले रोग बिरुद्धको औषधी सेवन अभियान देश भर चलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज