जेठ २० पर्वत
पर्वतमा सक्रिय यूवा क्लव मध्येको अग्रणी एकता यूवा क्लवको १६ औँ साधारणसभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारणसभा र अधिबेशनले नयाँ नेतृत्व पनि चयन गरेको छ । क्लवको अध्यक्षमा गोकुल चापागाई सर्वसम्महत रुपमा चयन हुनुभएको छ । अन्य पदाधिकारी र सदस्यहरु पनि सर्वसहमतीको आधारमा चयन भएका छन् ।
उपाध्यक्षमा अमृतप्रसाद पोखरेल र कविन्द्र केसी चयन हुनुभएको छ । सचिवमा अर्जुनराज पुरी, सहसचिवमा मिना बानियाँ केसी र शिव आचार्य चयन हुनुभयो । सदस्यहरुमा विकास केसी, दिनेश तिवारी, विष्णु भण्डारी, भिम कुमारी पाठक, मुकुन्द भण्डारी, तारा पोख्रेल, सन्दीप आचार्य, सन्तोष कार्की, विबेक आचार्य, बृहत गुरुङ, संगम कार्की, पार्वती पौडेल, रबि कुमार श्रेष्ठ, निर्मल शर्मा, गणेश गौतम , सन्तोष क्षेत्र, युवराज चापागाईं र मौसम आचार्य चयन हुनुभएको छ ।
“परिवर्तनका सम्बाहक युवा युवाको एकता आजको आवश्यकता“ भन्ने नाराका साथ २०६४ सालमा स्थापना गरिएको यस क्लवको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनको नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य तथा संविधानसभा समस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको थियो । जोशीले यूवा परिवर्तनका संवाहक रहेको क्लवको अभियान बाट आफुले बुझेको बताउनुभयो । पर्वतमा सक्रिय क्लव मध्ये एकता यूवा क्लवले थालेका अभियानले समूदायमा सकारात्मक खालका कार्यहरु भैरहेको भन्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरता आफूले चाहेको बताउनुभयो । क्लव जन्माउने र यहाँ सम्म ल्याउने यूवाहरुको प्रयास लाई उहाँले धन्यवाद दिनुभयो ।
क्लवका निवर्तमान अध्यक्ष विजय चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन क्लवका सचिब अमृतप्रसाद पोख्रेलले गरेका थिए । उक्त कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ४ का अध्यक्ष दिनेश श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष रामहरी शर्मा, क्लबका पुर्व अध्यक्ष अच्युत तिवारी, नरेन्द्र बहादुर खत्री र विभिन्न संस्था प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो ।
क्लवले विभिन्न व्याक्ति र समूहलाई सम्मान गरेको छ । सम्मानित हुनेमा द क्लिफका अध्यक्ष राजु कार्की, हार्नेस जीपलाईनका प्रवन्धक सुनिल बानिया, सरलकवी शान्तिनारायण श्रेष्ठ, नेपाल निजामती कर्मचारी यूनियनका अध्यक्ष अर्जुनप्रसाद चापागाई, खोरिया सामूदायिक बन उपभोक्ता समितिका अध्यक्ष आकंक्षा कुमाल, भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीमवहादुर खत्री, गुप्तेश्वर जागरण महिला समूहका अध्यक्ष शर्मिला आचार्य हुनुहुन्छ ।
एकता यूवा क्लवको अध्यक्षमा गोकुल चापागाई चयन
