पर्वत,२०
अपाङ्गता समावेशी बिकास र अपाङ्गता निर्देशिका बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
अपाङ्ग भएकाहरुले पाउने सेवा सुबिधा र कानुनी प्रावधान बिषयमा स्थानिय तहका जनप्रतिनिधीहरु सगँको अभिमुखिकरण कार्यक्रम शनिबार कुश्मामा सम्पन्न भएको हो ।
पर्वत नेत्रहीन संघले आयोजना गरेको कार्यक्रमा सरोकारवाला पक्षको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिकले हामि अधिकारका कुरा गर्ने तर सोहि अनुसारको काम कर्तब्य नगर्ने बताउनुभयो । उहाँले जिल्लामा कतिको संख्यामा कुनकुन प्रकारका अपाङ्गहरु छन् भन्ने निश्पक्ष तथ्याङ्क नभएको बताउनुभयो । बास्तविक तथ्याङ्कको माग गर्दै आफुले फरक क्षमता भएकाहरु लाई सवलिकरण गर्न पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुृभयो ।
कार्यक्रमा कुश्मा नगरपालिकाका उप–प्रमुख स्वस्थानी रिजालले कुनै पनि कार्यक्रम लिएर नगरपालिकामा आएमा आफुुले सहयोग गर्ने बताउनुभयो । उहाँले अहिले सम्म आफुलाई जानाकारी भएसम्म नेत्रहिन संघबाट कुनै पनि प्रस्तावहरु नआएको बताउनुभयो ।फरक क्षमताका ब्यक्तिहरुलाई नकारात्मक असर पर्ने गरि कुनै पनि ब्यवहार गर्न नहुने उहाँको भनाई छ ।
सो कार्यक्रमा कानुनी प्रावधानका बिषयमा प्रष्ट पार्दै अधिवक्ता भोलानाथ शर्माले उनिहरुले प्राप्त गर्ने र राज्यले बनाएको कानुनका बिषयमा जानाकारी गराउनुभएको थियो । अपाङ्ग भएका ब्यक्तिहरुले प्रयोग गर्ने बैशाखी, ह्विलचियर सेतो छडी र स्वास्थ्य उपचार साथै जन्मसिद्ध अधिकारको विषयमा बोल्नुभएको थियो ।समाजशास्त्रि एबम एनसीइ नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र पहाडी सामाजिक मुल्य मान्यता , रितिरिवाज धर्म संस्कृतीको बिषयमा जानाकारी दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासघंका केन्द्रिय सदस्य , कुश्मा नगरपालिकाका सामाजिक बिकास संयोजक एबम् वार्ड नं. ६का अध्यक्ष ईश्वर गिरी, ७ का अध्यक्ष परसुराम पुरी , ५ का अध्यक्ष रामहरी शर्मा र ४ का अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिती रहेको थियो । नेत्रहीन संघ पर्वतका अध्यक्ष सिर्जना जिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल नेत्रहीन संघ गण्डकी प्रदेश सदस्य हरिदत्त शर्माले स्वागत र संचालन नेपाल अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्माले गर्नुभएको थियो ।