पर्वत,९
गण्डकी प्रदेश भित्रका पत्रकारलाई नि-शुल्क रुपमा स्वास्थ्य बिमा गर्नको लागि बजेट बिनियोजन गरेको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो । प्रेस युनियन नेपाल जिल्ला शाखा पर्वतको छैठौ जिल्ला अधिवेशनको उद्धाटन गर्दै प्रमुख अतिथि मन्त्री पाण्डेले पत्रकार र पत्रकारीतालाई जोगाउन प्रदेश सरकार लागि परेको बताउनुभएको हो ।
शनिवार सम्पन्न भएको सो कार्यक्रममा पत्रकार र पत्रकारीतालाई सहयोग होस भन्ने उद्धेश्यका लागि आगामी बर्षको प्रदेशको बजेटमा पत्रकार लेखनबृद्धि कार्यक्रम राखिएको मुख्य मन्त्री पाण्डेले बताउनुभयो । उहाँले प्रदेशको यो कार्यक्रमले खोजमुलक पत्रकारीता गर्न पनि सहयोग पुग्ने स्पष्ट पार्नुभयो । प्रदेशले ल्याउने विद्येयकमा प्रेस स्वतन्त्रतामा कुनै किसिमको अंकुस नलाग्ने गरि काम गर्ने प्रतिबद्धता उहाँले गर्नुभयो । आवश्यकता अनुसारका कार्यक्रमको समेत प्रबन्ध गरिने बचन बद्धता उहाँको थियो । मन्त्री पाण्डेले भन्नुभयो,‘पत्रकारकार र संचारजगतको बृद्धि बिकास गर्न मद्धत पुगोस भन्नेमा हामि पुणर् रुपमा सचेत छौ ।, हाम्रो सरकारले भ्याए सम्म सहयोग गर्न तत्पर छौ ।’
उहाँले फरक प्रसंङ्गमा नेपाली काङ्ग्रेस भित्र देखिएको समस्या र चुनौती हल्लाको भरका ठुलो बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो ,‘अहिलेको परिस्थिती निस्चय पनि हाम्रालागि बिषम त भन्दिन तर केही अफ्ठयारा भने छन् ।’ काङ्ग्रेसमा यस्तो स्थिति आउनुमा नेपाली काँङ्ग्रेसका जति पनि कार्यकर्ता छौँ सवैले एक मुखले एउटै कुरा बोल्न नसकेको हुनाल ेयस्तो परिस्थिती आएको ठोक्कुवा गर्नुभयो । उहाँले २०४६ साल पछाडी सवै खालका परिवर्तनमा काँङ्ग्रेसको मुख्य भुमिका रहेको समेत दावि गर्नुभयो । दशकौ अगाडीको पत्रकारीता र अहिलेको पत्रकारीताको अवस्था हेर्नुुुुस् फरक छ कि छैन ? अनि यो उपलब्धी हो कि होइन ?यो आएको परिवर्तनमा नेपाली काँङ्ग्रेसको कुनै जोड नै छैन ? भनेर उहाँले प्रश्न समेत गर्नुभएको थियो ।
कुश्मामा सम्पन्न भएको कार्यक्रममा संबिधान सभा सदस्य अर्जुन जोशि , प्रेस युनियन नेपालका केन्द्रिय अध्यक्ष शिव लम्साल लगायतको उपस्थीति रहेको थियो ।सोहि कार्यक्रममा जिल्ला देखि केन्द्रमा रहेर पत्रकारीताका माध्यम बाट समाज परिवर्तन गर्न उल्लेख्य भुमिका खेलेका पत्रकारहरुलाई पुरस्कृत समेत गरिएको थियो ।