पोखरा-
कुनै पनि काममा लाग्नु भन्दा अगाडि आफु कोहो भन्ने कुराको पहिचान गर्नुपर्ने गण्डकी प्रदेशका सांसद डिल्लिराम सुबेदिले बताउनु भएको छ । एन सि ई नेपाल केन्द्रिय समितिले पोखरामा आयोजना गरेको दुई दिने युवाको क्षमता अभिबृद्दी तालीमको अन्तिम दिन बिहिवार सुबेदिले युवासँग गर्न सक्छु भन्ने आट र इच्छाशक्ति भएमा असम्भव भन्ने कुरा केही नरहेको बताउनुभयो ।
एन सि ई नेपालका पुर्व केन्द्रिय अध्यक्ष समेत भैसक्नु भएका सुबेदिले समाज परिवर्तन गर्न युवाको भुमिका महत्त्वपूणर् रहेको बताउनुभयो । एन सि ई ले गर्ने कामको महत्त्व समाजमा बुझाउनु पर्ने तर्क समेत उहाँको थियो । सांसद सुबेदिले लत भनेको चुरोट ,सुर्ती,रक्सीको मात्रै नभएर पछिल्लो समय सामाजिक संजाल अत्यधिक चलाउनेहरु पनि संजालको लतमा फसेको विभिन्न रिसर्चले बताएको उहाँको भनाई छ ।
उहाँले आफ्नो इच्छा जेमा छ त्यसैमा लागेर समाज परिवर्तनमा विभिन्न खालको भुमिका खेल्न सकिने बताउनुभयो ।मानिस कति बाच्यो भन्ने कुराले कुनै अर्थ राख्दैन तर उ बाचुन्जेल समाजमा कति योगदान गर्यो भन्ने कुरा विशेष रहेको बिचार सांसद सुबेदीले राख्नुभयो ।
लेकसाइडको होटेल लेन्ड्मार्कमा भएको सो तालिम कार्यक्रममा पर्वत,पाल्पा ,पर्सा र ललितपुर जिल्ला बाट उपस्थित युवाहरूले आफ्नो जिल्लामा शिक्षा सम्बन्धि गरेका कार्यक्रमहरु र अभियान अगाडी बढाउदा झेल्नु परेका चुनौती र आफ्ना अनुभवहरु आदानप्रदान गरेका थिए ।
सहभागीहरू आ-आफ्नो समुदाय र संस्थाहरूमा फर्कने क्रममा, उनीहरूलाई उनीहरूको नयाँ ज्ञान र सीपहरू अरूसँग बाँड्न र बिकसित कार्य योजनाको राम्रो कार्यान्वयनको लागि प्रोत्साहित गर्न समेत सहयोग पुग्ने सो तालिमको उद्धेश्य छ । तालिममा युवाहरुलाई समसामयिक शिक्षा, नेतृत्व सीप, वकालत तथा अभियान गतिबिधि सामाजिक सञ्जाल तथा अभियान, स्थानीय तहमा युवा नेतृत्वका गतविधिका अवसर आदि विषयमा तालिम दिइएको थियो ।
क्षमता अभिबृद्दी कार्यक्रममा केन्द्रिय अध्यक्ष राजेन्द्र पहाडीले एन सि इ को स्लोगन निशुल्क गुणस्तरीय सार्बजनिक शिक्षा सम्भव छ भन्ने कुरा बताउदै काम कर्तव्य महत्वको विषय दर्शाउनु भएको थियो भने उपाध्यक्ष सान्तोना देवकोटा केसि , नजबुल खान,टेकराज अवस्ती साथै लक्ष्मी नेपालले शिक्षाको महत्त्वका बिषयमा आफ्नो प्रस्तुति राख्नु भएको थियो ।