मुक्तक मञ्च पर्वत शाखाको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा केसी

 पर्वत,१३ साउन

मुक्तक मञ्च पर्वत शाखाको प्रथम अधिवेशन आज कुस्माको शताब्दी घारमा सम्पन्न भएको छ । २०७७ साल देखी पर्वतमा स्थापना भएर निरन्तर साहित्य र मुक्तकको उनन्नयनमा सक्रिय मुक्तक मञ्चले आज आम वृहत भेला गरी अधिवेशन सम्पन्न गरेको हो । मञ्चको अध्यक्षमा ध्रुव केसी निर्वाचित भएका छन् । जसको प्रथम उपाध्यक्षमा ठाकुर रसाईली, द्धितिय उपाध्यक्षमा दिपसागर पौडेल, महिला उपाध्यक्षमा गीता अधिकारी, सचिवमा लक्ष्मण विश्वकर्मा, सह सचिवमा सन्देश पौडेल, कोषाध्यक्षमा करिश्मा क्षेत्री चयन भएका छन् ।
यस्तै सदस्यहरुमा लक्ष्मण शर्मा, सन्देश लामिछाने, सिता पौडेल, मिना गुरुङ्ग, विष्णु पौडेल, सरोज विश्वकर्मा, कान्छु जमुना पौडेल, विक्रम सेन्चुरी, गोविन्द पौडेल, सदिक्षा पोखरेललगायत चयन भएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पर्वत साहित्य संगम पर्वतका अध्यक्ष डि आर शर्माले मुक्तक मञ्च पर्वतले नेपाली भषा र साहित्यको माध्ययम वाट समाज रुपान्तरणमा उल्लेखनिय भुमिका खेलेको वताए । २०७७ सालमा स्थापना भएर छोटो समयमा पर्वतको साहित्य फाँटमा गहन प्रभाव पारेको भन्दै निर्वतमान कार्यसमितिलाई हार्दिक धन्यवाद तथा नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
यस्तै विशिष्ट अतिथि मुक्तक मञ्च केन्द्रीय समितिका अध्यक्ष रामजी प्रसाद आचार्यले मुक्तक मञ्चको इतिहास वताउँदै शाखा विस्तार र अधिवेशन गर्ने जिल्लाहरुमा पर्वत पहिलो भएकोमा निकै प्रशंसा व्यक्त गरे । निर्मल पौडेल ‘एन पि घायल’को नेतृत्वमा गठित संस्थापक समिति लाई संरक्षकको रुपमा रहन समेत आचार्यले आग्रह गरे । यस्तै वरिष्ट साहित्यकार तथा पर्वत साहित्य संगम पर्वतका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पले मुक्तकको लेखन शैली विभिन्न किसिमको हुने स्पष्ट पार्दै पछिल्लो लेखन शैली चतुष्पदीय रुवाइयातले ओगटेको वताए । कार्यक्रममा सामाजिक अभियान्ता फोटो पत्रकार तथा साहित्यकार आर के अदिप्त गिरीले समाज परिर्वतनमा साहित्यको उल्लेखनिय भुमिका रहने भन्दै अबको लेखन भिन्न र यथार्थ, प्रकृती रक्षा संगै शाव्दीक मुल्यमा हुनुपर्ने वताए । वन्दसत्रको समापन कार्यक्रमको समापन गर्दै मुक्तक मञ्च पर्वतका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष निर्मल पौडेल ‘एन पि घायल’ले अधिवेशन सम्पन्न गर्न संगै आफ्नो कार्यकाल सम्पन्न गर्नका लागि विभिन्न तहतप्का वाट सहयोग गर्ने अग्रज अनुज, शुभचिन्तक सवैमा हार्दिक आभार व्यक्त गरे ।
पौडेलले जिल्लामा अग्रजहरुले छिटफुट मुक्तक कृती प्रकाशन गरे पनि अस्ताए जस्तै भएको मुक्तकलाई जगाउनका लागि आँफुले शाखा स्थापना गरेर विभिन्न कार्यक्रम गरेको वताए । कोरोना कालमा समेत विभिन्न प्रविधिको प्रयोग गर्दै मुक्तक मार्फत नेपाली भाषा साहित्यको जगेर्ना तथा सचेतनामुलक कार्यक्रम समेत गरेको स्मरण गरे । नयाँ कार्यसमितिलाई आँफूले हरपल साथ सहयोग गरिरहने समेत प्रतिवद्धा व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष धुर्व केसीले संस्थाको गरिमालाई सधै उचो हुने गरि आफुले कार्यकालमा काम गर्ने बताए । कार्यक्रममा साहित्यकार विष्णु सुबेदी, कमल पौडेल आवेश, सन्देश पौडेल, अम्बिका ओझा, मनिषा पौडेल, राणा सरकार, पारस खड्का, भरत केसी, लक्ष्मण विश्वकर्मा, सीता पौडेल, गिता अधिकारी, ठाकुर रसाईली, सुवास पौडेल, करिस्मा क्षेत्री मल्ल लगायतले रचना बाचन गर्नुभएको थियो । कार्यक्रममा अतिथीको रुपमा साहित्यकार ईन्द्रमान खत्री, बद्रीनारायण पौडेल लगायत प्रनिश गिरी सहित पत्रकारहरुको अतिथ्यता रहेको थियो ।
मुक्तक मन्च पर्वत शाखाका अध्यक्ष निर्मल पौडेल ‘एनपी घायल’को अध्यक्षता, पर्वत साहित्य संगमका अध्यक्ष डिआर शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव दीपसागर पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज