राजन पौडेल\ कुश्मा , पर्वत
सार्वजनिक शिक्षा सुधारमा युवाको भुमिका विषयक छलफल कार्यक्रम पर्वतको कुश्मा नगरपालिका ६ शिवालय बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । सार्वजनिक शिक्षा गुणस्तरीय र निशुल्क हुनुपर्छ भन्ने मुल उद्देश्यका साथ छलफल कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको भनाई राख्दै कुश्मा नगरपालिकाका सामाजिक विकास संयोजक एवम् ६ का वार्ड अध्यक्ष ईश्वर गिरीले कार्यक्रमको विषय बहुत गम्भिर रहेकोे बताउनुभयो । अव देश बनाउने जिम्मा क्षमतावान युवाहरुकै भएको भन्दै सार्वजनिक शिक्षा सुधारका निम्ति शिक्षक , बिद्यार्थी र अभिभावकको भुमिका पनि महत्वपुणर् हुने उहाँले बताउनु भयो । शिक्षकहरु पछिल्लो समय उत्तरदायी हुन छाडेको र अभिभावकले पनि सार्वजनिक विद्यालय र संस्थागत बिद्यालयलाई फरकफरक नजरले हेरेका कारण गुणस्तरीय शिक्षामा सुधार हुन नसकेको बताउनुभयो ।
छलफल कार्यक्रममा क्याम्पस ब्यवस्थापन समिती अध्यक्ष हरिओम शर्मा लामिछानेले आफुले पनि २६ बर्ष अध्यापन गरेको र सो दौरान भोगेको अनुभव सुनाउदै सरकारलाई दोष दिन भन्दा सार्वजनिक शिक्षा सुधार गर्न आफु बाटै लाग्नुपर्ने बताउनुभयो । उहाँले शिक्षक र सरकारी कर्मचारीका छोराछोरी सार्वजनिक बिद्यालयमा अनिवार्य पढाउनुपर्ने निती ल्याइदिने हो भने पनि शिक्षामा सुधार हुने स्पष्ट पार्नुभयो ।
त्यस्तै कुश्मा नगरपालिकाका शिक्षा शाखा अधिकृत दिपक सुवेदीले सार्वजनिक शिक्षा सुधारका निम्ति शिक्षकहरु प्रविधि संग अप्डेट हुनुपर्ने बताउनुभयो । सुबेदीले पछिल्लो समय युवाहरुको आकर्षण शिक्षण पेशामा हुन छाडेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो ,‘गणित ,बिज्ञान र अंग्रेजीका शिक्षकहरु नपाईने स्थितीको सृजना भयो ।’ कक्षा १२ सम्म जेनतेन पढ्ने र बिदेश पलायन हुने अवस्थाले शिक्षकको संख्यामा समेत कमि भएको सुवेदीको भनाई छ ।यो अवस्थालाई हटाउन युवाले सकारात्मक भुमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षामा देखिएका बिभिन्न समस्याका बिषयमा सहभागि युवाहरुले पनि आफ्नो भनाई राखेका थिए । छलफलमा क्याम्पस प्रमुख लेखनाथ उपाध्याय, शिक्षकद्धय देव शर्मा, चन्द्र गिरीले शिक्षामा देखिएका बिकृति र निराकरणका उपायको बिषयमा बोल्नुभएको थियो । त्यस्तै शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वतका संयोजक यज्ञ प्रसाद शर्मा , सचिव आशिष पौडेलले आफ्नो अभियानका बिषयमा बोल्दै पछिल्लो समयमा सार्वजनिक शिक्षामा देखिएको समस्याका बारेमा बोल्नुभएको थियो ।
सार्वजनिक शिक्षा सुधारको उद्दे्श्यका साथ बिहिवार युवा सर्कल पर्वतले आयोजना गरेको कार्यक्रमलाई एन. सि. ई. पर्वतले समन्यव गरेको थियो । कार्यक्रमलाई युर्वा सर्कलका सदस्य गणेश पौडेलको अध्यक्षता साथै स्वागत सदस्य सुस्मिता मल्ल र संचालन सदस्य बिपना सापकोटाले गर्नुभएको थियो ।