एन. सि.ई.पर्वत र युवा सर्कल विच छलफल कार्यक्रम सम्पन्न

पर्वत,कुस्मा/२९

एन सि ई पर्वत र युवा सर्कल बिच छलफल कार्यक्रम सोमबार कुस्मामा सम्पन्न भएको छ । जिल्लामा गरिएका कार्यक्रम र युवाहरुले सार्वजनिक शिक्षा सुधारको निम्ति आयोजना गर्न लागेका विभिन्न कार्यक्रमको बारेमा जानकारी गराउन छलफल कार्यक्रम केन्द्रित रहेको थियो ।
एन सि ई नेपाल पर्वतका जिल्ला अध्यक्ष यज्ञ प्रसाद शर्माको अध्यक्षतामा भएको छलफलमा शर्माले जिल्लामा भएका कार्यक्रम , अबका योजना साथै शिक्षामा देखिएको बेथिति र सुधारको बिषयमा आफ्नो धारणा राख्नुभएको थियो।


एन सि ई पर्वत जिल्ला सचीव आशिष पौडेलले एन सि ई नेपालका विभिन्न गतिविधिहरुमा आफू सहभागी हुँदाको अनुभव बारेमा प्रष्ट पार्दै एन सि ई नेपालमा जोडिएर युवाले सरकारले शिक्षामा गरेको लगानी सदुपयोगको निम्ति राज्यका विभिन्न निकायलाई सुसूचित बनाउन लाग्न समेत अनुरोध गर्नुभएको थियो।
युवा सर्कल बाट राजन पौडेलले आफ्नो भनाइ राख्दै साउन १०र ११ गते पोखरामा सप्पन्न भएको “Youth Capacity Building Training in Education” मा आफुहरु र विभिन्न जिल्लाबाट उपस्थित युवाहरूले गरेका गतिविधि र सिकाइ साथै अब जिल्लामा हुने कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । निशुल्क , गुणस्तरीय ,सार्बजनिक शिक्षा सम्भव छ भन्ने नारालाई आत्मसात गर्दै आफ्ना कार्यक्रमहरु तयार गरेको पौडेलले बताउनुभयो ।

सो छलफल कार्यक्रममा एनसिई नेपाल पर्वत जिल्ला सदस्यहरु एकनारायण चालिसे,जगन्नाथ शर्मा, कृष्ण प्रसाद शर्मा,चन्द्र गिरी साथै युवा सर्कल बाट दिब्या तिवारी उपस्थित हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज