एनसिई नेपाल जिल्ला समिति म्याग्दी गठन

म्याग्दी ,२३
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) जिल्ला समिति गठन गर्ने सन्दर्भमा जिल्लामा शिक्षा, मानवअधिकार, जनसचेतीकरणलगायतका क्षेत्रमा क्रियाशील नागरिक संगठनहरुको भेलाले एनसिई नेपाल जिल्ला समिति म्याग्दी गठन गरेको छ ।


यही भाद्र २२ गते सदरमुकाम बेनीमा आयोजित भेलाले मिलन म्याग्दीका दिलमाया विटालुको संयोजकत्वमा सात सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको सहसंयोजकमा हिमवन्ती म्याग्दीका चिना बानियाँ, सचिवमा कालीगण्डकी आमा समूहका गौरी थापा मगर, कोषाध्यक्षमा संगम म्याग्दीका देवी जिसी र सदस्यहरुमा रिक म्याग्दीका सरस्वती शर्मा विक, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीका लक्ष्मी विक तथा अपांग संघ म्याग्दीका ज्योतिका गुरुङ रहनुभएको छ ।
महिलाहरु मात्र नेतृत्वमा रहनुभएको एनसिई नेपाल जिल्ला समिति म्याग्दीले सल्लाहकारको रुपमा गैसस महासंघ म्यादीका अध्यक्ष दिपक पौडेल, उज्यालो वैकल्पिक विद्यालयका खमबहादुर थापा, धवलागिरी नाट्य समूहका रवी कार्की, वेनी नगरपालिकाका निवर्तमान उपप्रमुख सञ्जु बरुवाल, कदम म्याग्दीका हरि पौडेल र स्थानीय बुद्धिजीवी कृष्ण जिसीलाई चयन गरेको छ । नागरिक संगठनहरुको भेलामा एनसिई नेपालका अध्यक्ष राजेन्द्र पहाडीले एनसिई नेपालको बारेमा विस्तृतरुपमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।


सार्वजनिक शिक्षाको सवलीकरण र सुधारका लागि प्रमाणमा आधारित बहसपैरवी तथा वकालतमूलक अभियान सञ्चालन गरिरहेको शिक्षाका लागि राष्ट्रिय नेपाल केन्द्र, सातवटै प्रदेश र ३७ वटा जिल्लामा आफ्नो संगठनात्मक उपस्थितिसहित क्रियाशील रहँदै आएको नागरिक संगठनहरुको सञ्जाल हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज