रोशन तिवारी
असोज १४ पर्वत
पर्वतको कुश्मामा हिजो बेलुका खोलाले बगाएको जिपका टुक्रा भेटिएपनी दुइजना यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
कुश्मा नगरपालिका ७ तमादिखोलामा जिप सहित बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव भेटिएपनी दुई जनाको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका बाग्लुङ जिल्ला ताराखोला गाउँपालिका ३ का ५० वर्षका डम्बर बहादुर थापा र अन्नपूर्ण गाउँपालिका ३ नौडाडाका २७ वर्षका विजय भन्ने माधव पौडेलको अहिले सम्म अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।
रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ९ का ३४ वर्षका गोपाल बस्यालको शव गएराती नै फेला परेको थियो । मृतक गोपालका आफन्त पर्वत अस्पतालमा आइपुगेका छन । बस्याल पोखरामा बसेर मार्केटिङको काम गर्दै आएको आफन्तले जानकारी दिएका छन ।